ओसाका/जापान । सन् २०२५ को ओसाका-कान्साई विश्व प्रदर्शनी (एक्सपो) सुरु भएको तीन महिना पूरा हुँदा सम्ममा झण्डै १ करोड ८ हजार सर्वसाधारण दर्शकले एक्सपोको अवलोकन गरिसकेका छन्। गत अप्रिल १३ मा उद्घाटन भएको यो एक्सपोमा शनिबार (जुलाई १२) को दिन मात्रै १ लाख ६४ हजार जनाले अवलोकन गरेका थिए, जुन दैनिक हिसाबमा अहिलेसम्मको तेस्रो ठूलो उपस्थिति हो।

शनिबार जापानी आत्मरक्षा वायुसेनाको एरोबेटिक टोली ब्लु इम्पल्स द्वारा गरिएको हवाई प्रदर्शनले थप आकर्षण बढाएको एसोसिएसनको भनाइ छ।छ महिनासम्म चल्ने यो एक्सपो आइतबारबाट आधा अवधिमा प्रवेश गरेको छ।हालसम्मको गति अपेक्षाभन्दा केही ढिलो भए पनि आयोजक २ करोड ८२ लाख दर्शक पुग्ने अनुमानमा अडिग छन्। गर्मी बिदाको मौसम र अन्तिम चरणमा दर्शक संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।

कान्साई क्षेत्र बाहिरबाट समेत दर्शक ल्याउन विशेष अभियान सञ्चालन गरिने आयोजक संस्था जापान एसोसिएसन फर वर्ल्ड एक्स्पोजिशनले जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार