टोकियो / जापान । जापानमा पछिल्ला महिनाहरूदेखि बढ्दो मुद्रास्फीतिका कारण विभिन्न कम्पनीहरूले आफ्ना कर्मचारीको तलब वर्षमा दुई पटक बढाउने नीति ल्याउन थालेका छन्। यो कदम कर्मचारीको जीवनस्तर सुधार गर्नुका साथै नयाँ जनशक्ति आकर्षण गर्ने उद्देश्यसहित लिइएको हो।

जापानको प्रमुख इलेक्ट्रोनिक्स रिटेल कम्पनी नोजिमाले यो आर्थिक वर्षदेखि आधारभूत तलव (基本給) मा वर्षमा दुई पटक वृद्धि गर्ने निर्णय गरेको छ।यसअन्तर्गत आगामी सेप्टेम्बर महिनाबाट करिब ३ हजार कर्मचारीको तलबमा मासिक १० हजार येनको वृद्धि गरिनेछ। साथै, सन् २०२६ को जनवरीदेखि दोस्रो चरणको तलब वृद्धि गरिने योजना रहेको कम्पनीले जनाएको छ।

स्काईलार्क ग्रुपले स्टोर म्यानेजरको वार्षिक तलब सीमा १ करोड येन माथि पुर्‍याउने:
यसैबीच, जापानको चर्चित रेस्टुरेन्ट चेन स्काईलार्क होल्डिङ्सले पनि सन् २०२५ को अप्रिलदेखि आफ्ना करिब २६०० शाखामा कार्यरत स्टोर म्यानेजरहरूको तलब सीमा ८४ लाखबाट १ करोड येन माथि पुर्‍याउने निर्णय गरेको छ।

देशभरि मानव संशाधनको अभाव र लगातार बढ्दो उपभोक्ता मूल्यको दबाबबीच, जापानी कम्पनीहरूले कर्मचारीहरूको आर्थिक अवस्थालाई मजबुत पार्दै, दीर्घकालीन सेवा र सेवा गुणस्तरमा सुधार ल्याउने उद्देश्यले यस्तो नीति अवलम्बन गर्न थालेका हुन्।

यद्यपी,जापानका यि केहि ठूला कम्पनीहरुले चालेका कदमबाच फाईदा लिनसक्ने नेपाली कामदाहरुको संख्या भने अत्यन्तै न्युन संख्यामा मात्रै रहेको जानकारहरुको बुझाई छ। अधिकांस नेपालीहरुले जापानमा प्रमुख ठूला कम्पनीहरु भन्दा पनि स- सना तथा होटल,रेस्टुरेन्ट,फुड प्याकेजिङ लगायतका क्षेत्रमा मानव संसाधन व्यवस्थापन कम्पनीहरुमार्फत काम गर्ने गरेका छन् । जहाँ वर्षौदेखि तलवमा खासै परिवर्तन नभएका स्थानहरुको बाहुल्यता रहेको पाईन्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार