
टोकियो/जापान। जापानको केन्द्रीय बैंक, बैंक अफ जापानले सोमबार सार्वजनिक गरेकोसर्वेक्षणअनुसार, सन् २०२५ को पछिल्लो एक वर्षको अवधिमा दैनिक उपभोग्य वस्तु र खाद्य सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा ७५.३ प्रतिशत उत्तरदाताले “धेरै बढेको” महसुस गरेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।
“अलिकति बढेको” भन्नेहरू समेत समावेश गर्दा, मूल्य वृद्धि भएको महसुस गर्नेको संख्या ९६.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो मार्चको सर्वेक्षणमा देखिएको रेकर्डसँग मिल्दोजुल्दो हो।
अबको एक वर्षपछि मूल्य कस्तो होला भन्ने प्रश्नमा ८५.१ प्रतिशतले मूल्य अझै बढ्ने बताएका छन्। यो संख्या मार्चमा ८६.७ प्रतिशत थियो। सर्वेक्षणले देखाएको औसत मूल्य वृद्धिको अपेक्षा १२.८ प्रतिशत रहेको छ, जुन अघिल्लो सर्वेक्षणको १२.२ प्रतिशत भन्दा थोरै बढी हो।
बढ्दो मूल्यवृद्धिको कारण अधिकांश जापानीले आफ्नो घरेलु अवस्था कमजोर भएको महसुस गरेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ६१.० प्रतिशत ले आफूहरू पहिलेभन्दा आर्थिक रूपमा कमजोर भएको बताएका छन्, जुन अघिल्लो पटक ५५.९ प्रतिशत थियो। त्यस्तै, “सुधार भएको” भन्नेहरू ३.८ प्रतिशत मात्र थिए, जुन अघिल्लोको ३.९ प्रतिशत भन्दा कम हो।
आफ्नो अवस्था बिग्रिएको बताउनेमध्ये ९३.७ प्रतिशत ले मूल्यवृद्धिलाई मुख्य कारण भनेका छन् भने ३०.३ प्रतिशत ले आम्दानी घटेको जनाएका छन्।
यो पछिल्लो सर्वेक्षण मे १ देखि जुन ३ सम्म गरियो। कुल २० वर्ष वा सोभन्दा माथिका ४ हजार जनामा सर्वेक्षण फाराम पठाइयो, जसमध्ये ५०.४ प्रतिशत बाट वैध उत्तर प्राप्त भयो।
उत्तरदातामध्ये ७०.५ प्रतिशत ले देशको आर्थिक अवस्था अघिल्लो वर्षको तुलनामा खराब भएको बताएका छन्, भने ३.५ प्रतिशत मात्रले सुधार भएको धारणा दिएका छन्।
आफ्नो आर्थिक मूल्याङ्कनमा प्रभाव पार्ने मुख्य कुरामा ४२.८ प्रतिशत ले आफू वा परिवारको आम्दानी स्तरलाई उल्लेख गरेका छन् भने ३९.० प्रतिशत ले मिडिया रिपोर्टको प्रभाव परेको बताएका छन्। (उत्तर दिने क्रममा दुईवटासम्म कारण छान्न पाइने व्यवस्था थियो।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




