टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि महासचिव पदमा विश्वास गौतम (खगराज) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
“सबैको भरोसा, सबैको एनआरएनए: विधि र विधानमा चल्ने, सबैलाई जोड्ने” भन्ने मूल नाराका साथ उम्मेदवारी दिएका गौतमले संस्थामा पारदर्शिता, जवाफदेही नेतृत्व र संस्थागत संचालन सुदृढ गर्न आफू कटिबद्ध रहेको बताएका छन् ।
“संस्थाको विधि, विधान र जापानको कानुनमा टेकेर यहाँ रहेका हरेक नेपालीले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउने मेरो उद्देश्य हो,” गौतमले आफ्नो घोषणामा उल्लेख गरेका छन् ।
उनका अनुसार, आगामी दुई वर्षको कार्यकालमा एनआरएनए जापानलाई साधारण सदस्यले पनि आफ्नै संस्था महसुस गर्न सक्ने बनाउने प्रयास हुनेछ। “नेतृत्व होस् जवाफदेही, संस्था होस् संस्थागतसहितको पारदर्शी” भन्ने नारा सहित उहाँले एनआरएनएलाई जनउत्तरदायी, चुस्त-दुरुस्त र आधुनिक प्रविधिसँग मेल खाने बनाउने लक्ष्य राखेका छन् ।
गौतमले सञ्चारकर्ममा २५ वर्ष र गैरसरकारी संस्थामा १२ वर्षको अनुभव संगालेका छन् भने एनआरएनए जापानमा हाल प्रवक्ताको रूपमा सक्रिय रहेका छन् । गौतमले यस बिचमा संगठन सुदृढीकरणका लागि नियमावली निर्माण, मौजुदा विधि/विधान परिमार्जनमा संलग्नता रहँदै जापानबासी नेपालीको समस्याको समाधान, युवा सहभागिता अभिवृद्धि र समन्वयमा जोड दिँदै आएका छन् ।
उनले आगामी जुलाई २७ मा निर्वाचनमा महासचिव पदमा आफूलाई निर्वाचित गराइदिन जापानमा रहेका सम्पूर्ण पञ्जिकृत सदस्यहरूलाई अपिल गरेका छन्। “बोलीमा भन्दा काममा जोड दिने मेरो प्रतिबद्धता” भन्दै गौतमले आफूलाई दिएको विश्वासमाथि कहिल्यै तुसारापात हुन नदिने दृढता समेत व्यक्त गरेका छन् ।
गौतम भन्छन् – “एनआरएनएको उद्देश्य पूरा गर्न अब संस्थाभित्रको राजनीतिमा मात्र सीमित रहनुपर्छ, बाह्य राजनीतिक प्रभाव नराखी संस्था निर्माणमा केन्द्रित हुनुपर्छ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




