टोकियो/ जापान। “इच्छा र वलशक्तिलाई उमेरले छेक्दैन” भन्ने दृढ अठोटका साथ एनआरएनए अभियन्ता मञ्जु गिरीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं महाधिवेशनका लागि महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

झण्डै सात वर्षदेखि एनआरएन अभियानमा सक्रिय गिरीले आफ्नो सामाजिक यात्रा चिबा क्षेत्रबाट सुरु गरेकी थिइन्। चिबा क्षेत्रको संस्थापक सदस्यको रूपमा योगदान दिएकी उनी अहिले एनसीसी जापानको केन्द्रिय सदस्यका रूपमा निरन्तर सक्रिय छन्।

गिरीले महिलाका हक, अधिकार र सहभागिता सुनिश्चित गर्न विगतदेखि नै क्रियाशील भूमिका निर्वाह गर्दै आएकी छन्। उनले भनिन्, “महिलाहरूका पिर, बेथा र अनुभवहरूलाई नजिकबाट बुझेकी नाताले उनीहरूको पक्षमा काम गर्ने आत्मविश्वास मसँग छ। सेवा गर्ने जमर्को लिएको छु।”

एनआरएनए जापानका पञ्जीकृत सदस्यहरूलाई सम्बोधन गर्दै गिरीले “म मञ्जु गिरीलाई एक अमूल्य मत दिनुहोस्, म तपाईंहरूको भरोसा र अपेक्षा पूरा गर्नेछु” भन्ने हार्दिक अपिल गरेकी छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार