टोकियो/जापान । एकता, सशक्तिकरण, सहयोग र विकासको प्रतिबद्धता बोकेर लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय एनआरएनए अभियानकर्ता तथा व्यवसायी राजकुमार अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए जापानमा लामो समयदेखि सक्रिय रहँदै आएका अधिकारी एनआरए जापानको पूर्व उपाध्यक्ष समेत हुन् । अधिकारी संस्थागत सुदृढीकरण, नेपाली समुदायबीच एकता तथा नेपाली हितमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार