टोकियो/जापान ।लोकप्रिय गायक राजकुमार बानियाँको नयाँ तीज गित -“तीज आयो” सार्बजनिक भएको छ।

परदेशमा रहेर पनि आफ्ना संस्कृति, चाडपर्व र भावनालाई जीवन्त राख्दै नेपालीहरूको पीडा र आत्मीयता बोल्ने तीज गीत ‘तीज आयो’ बानियाँको आफ्नै युट्युब मार्फत सार्वजनिक गरिएको हो। लोकप्रिय लोक तथा दोहोरी गायक राजकुमार बानियाँको शब्द तथा संगितमा रहेको गितमा, बानियाँसंगै,अर्का लोकप्रिय गायक युवराज आचार्य,गायिका रितु थापा मगर,सूर्य खड्का,श्याम सितल,भावना अर्याल तथा सुरेश बानियाँको स्वर रहेको छ । जापानमानै छायाङ्कन गरिएको गितको श्रव्यदृश्य पनि अत्यन्तै सुन्दर बनेको छ।

गीतमा विशेषगरी परदेशमा रहेका नेपालीहरूले चाडपर्वको बेला अनुभव गर्ने घरदेशको सम्झना, परिवारप्रतिको माया, सामाजिक जमघटमा देखिने पारिवारिक आत्मीयता र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा उतारिएको छ।

राजकुमार बानियाँले यसअघि पनि आफ्ना मौलिक गीत-सङ्गीतमार्फत नेपाली परम्परा र परदेशी पीडालाई सशक्त रूपमा प्रस्तुत गर्दै आएका छन्। तीजको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो गीत विशेषगरी परदेशमा बसोबास गरिरहेका नेपालीहरूको मनको आवाज बन्ने विश्वास गरिएको छ।

हेर्नुहोस् भिडियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार