टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७) का लागि सचिव (खुल्ला) पदमा विनय गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

गुरुङ निवर्तमान कार्यसमिति(२०२३-२५) को केन्द्रीय सदस्य हुन, साथै, ‘तमू धीं जापान’का महासचिव, आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव, र दोलखा समाज जापानका पूर्व सचिव समेत रहिससकेका छन् । गुरुङ सामाजिक कार्यहरुमा निकै अघी सरेर काम गर्न रुचाउने व्यक्तिकारुपमा परिचित छन् ।

“अबको एनआरएनएमा युवाको सहभागिता, पारदर्शिता र शुद्धतामा मेरो प्रतिबद्धता  “ भन्ने मूल नारा सहित यस पटक खुल्ला सचिव पदमा उम्मेदवारी दिएका गुरुङ जापानवासी नेपालीहरु माझ कर्मले परिचित एनआरएनए अभियानकर्ता हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार