टोकियो/ जापान । “यात्रा क्षेत्रदेखि केन्द्रसम्म – सुदृढ, सशक्त र सबैको साझा एनआरएनए” भन्ने मूल नाराका साथ ओकिनावा क्षेत्रबाट ग्यानेन्द्र भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएन अभियानमा लामो समयदेखि सक्रिय रहेका भट्टले ओकिनावा क्षेत्रलाई आजको अवस्थामा ल्याउन विभिन्न अग्रज अभियन्ताहरू, एनआरएनए जापान नेतृत्व तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गरेका छन्। उनले ओकिनावाबासी सम्पूर्ण नेपालीहरूको तर्फबाट विगतमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति गहिरो आभार र कृतज्ञता व्यक्त गरेका छन्।
भट्टले उम्मेदवारी घोषणाका क्रममा भनेका छन्,
“सधैंजस्तै यसपटक पनि सबैको साथ, सहयोग र आशीर्वादप्रति पूर्ण विश्वास राख्दै, हामी सबैको साझा प्रयासबाट ‘साझा एनआरएनए’ को अभियान सफल हुनेमा म दृढ छु। त्यसै विश्वासका साथ म क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ।”
ओकिनावाका स्थानीय मुद्दा, क्षेत्रीय सशक्तिकरण र केन्द्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रस्तुत भट्टको उम्मेदवारीले आगामी निर्वाचनमा दक्षिणपश्चिम जापानको सक्रिय भूमिका देखिने संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




