जापानमा विद्यार्थीहरूको इतिहास हेर्ने हो भने यो सन १९०२ देखि सुरु भएको देखिन्छ। ८ जना विद्यार्थीबाट सुरु भएको यो इतिहास आज हजारौं हुँदै लाखौँसम्म पुगेको छ। भाषा विद्यालयमा आउने विद्यार्थीहरूको संख्या सन २०१९ सम्म स्थिर थियो भने २०२० मा कोरोना महामारीपछि अचानक वृद्धि भएको तथ्याङ्कले देखाउँछ।
जापानका नियमहरू विभिन्न समयमा परिवर्तन हुँदै आएका छन्। कहिले विदेशी विद्यार्थीहरूका लागि सहज बनाइन्छ भने कहिले कठिनाइहरू थपिएको पाइन्छ। एकातिर जापानी कम्पनीहरूले कामदारको अभाव भोगिरहेका छन् भने अर्कोतिर नेपालीहरूलाई जापानमा काम पाउन गाह्रो भइरहेको अवस्था पनि देखिन्छ।
जापानमा रहेका भाषा विद्यालयहरू प्रायः विदेशी विद्यार्थीहरूद्वारा सञ्चालित भएकाले व्यवसायिक रूपमा पनि यी विद्यालयहरूलाई चुनौतीहरू आइरहेका छन्। अहिलेसम्म यी भाषा विद्यालयहरूलाई न्याय मन्त्रालय अन्तर्गतको 「出入国在留管理庁」 (आप्रवासन सेवा एजेन्सी) ले व्यवस्थापन गरेको थियो। तर अब भने यी विद्यालयहरूलाई 「文科省」 अर्थात् शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यवस्थापन गर्नेछ, जसलाई 「認定日本語教育機関」 अर्थात् मान्यता प्राप्त जापानी भाषा शिक्षा संस्था भनिन्छ।
मान्यता प्राप्त जापानी भाषा शिक्षण संस्था भन्नाले जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत संस्था जनाउँछ। यो व्यवस्था जापानी भाषा शिक्षाको गुणस्तर सुधार गर्नका लागि लागू गरिएको हो। यसका लागि संस्थाले निश्चित मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ, जस्तै:
• संस्थाको संगठन संरचना
• शिक्षण स्तर (शिक्षकहरूको योग्यता, पाठ्यक्रम आदि)
• भवन तथा अन्य भौतिक सुविधा
आज हामी विशेष गरी शिक्षण स्तर भित्रको विद्यार्थी र त्यसमा पनि नेपाली विद्यार्थीलाई पर्न सक्ने असरका विषयमा चर्चा गर्नेछौं।
मान्यता प्राप्त जापानी भाषा शिक्षण संस्थामा प्रवेशपछि विद्यालयले विभिन्न कोर्सहरू सञ्चालन गर्नेछ, जस्तै:
1. 進学コース (शैक्षिक पाठ्यक्रमहरू – विश्वविद्यालय वा व्यावसायिक विद्यालय प्रवेशका लागि)
2. 就職準備コース (जागिर तयारी पाठ्यक्रम – व्यापारिक शिष्टाचार र अन्तर्वार्ता अभ्यास)
3. 短期集中コース (छोटो अवधिको गहन पाठ्यक्रम – दैनिक कुराकानी केन्द्रित, पर्यटक भिसाका लागि)
4. 試験対策コース (परीक्षा तयारी – N1-N5, EJU तयारी आदि)
के फरक हुदै छ त ?
नेपालबाट आउने अधिकांश विद्यार्थीहरू 進学コース (विश्वविद्यालय वा व्यावसायिक विद्यालय प्रवेशका लागि) मा अध्ययन गर्दै जापानको व्यावसायिक कलेज वा विश्वविद्यालयबाट पढेर जापानी कम्पनीमा काम गर्न इच्छुक हुन्छन्। तर केहीले आफ्नै देशमा विश्वविद्यालय अध्ययन गरेर जापानी भाषा विद्यालयको अध्ययन पूरा गरी बीचमै कम्पनी पाएर काम गर्ने अभ्यास गर्दै आएका थिए। अब यस्तो व्यवस्था हुँदैन। काम गर्ने उद्देश्यले जापान आउनु परे 就職準備コース (जागिर तयारी) कोर्स पढ्नु पर्नेछ र जापान आएपछि कोर्स परिवर्तन गर्न पनि पाइने छैन।
進学コース मा आउने विद्यार्थीहरूले, यदि व्यावसायिक विद्यालय जाने लक्ष्य राखेमा CEFR स्तर B1 भन्दा माथि पास गर्नुपर्नेछ भने विश्वविद्यालय जाने विद्यार्थीले B2 स्तर पास गर्नुपर्नेछ। नेपालबाट आउँदा अप्रिल इन्टेकमा A1 र अक्टोबर इन्टेकमा A2 स्तर पास गरेपछि मात्र भर्ना हुन पाइनेछ।
CEFR (Common European Framework of Reference for Languages) भाषा दक्षता मापनको अन्तर्राष्ट्रिय मापदण्ड हो जसले व्यक्तिको भाषा सीप (बोल्ने, लेख्ने, पढ्ने, सुन्ने) को स्तर निर्धारण गर्छ।
यसको अर्थ, कम्तीमा पनि B1 स्तर पास गर्नुपर्ने भएकाले पास नभए उच्च शिक्षाबाट बञ्चित हुनुपर्ने छ। अब जापानमा पढ्न चाहने विद्यार्थीहरूका लागि फिल्टर कडा हुनेछ। साथै गैरखाँजी देशहरूबाट आउने विद्यार्थीहरूका लागि पनि B1 स्तर पास गर्न गाह्रो हुने र नपुगेमा शिक्षा मन्त्रालयको मापदण्ड पुरा नहुने र नेपाल फर्किन पर्ने भएकाले नेपाली विद्यार्थीहरूको संख्या भाषा विद्यालयहरूमा कम हुने सम्भावना छ। जसले गर्दा प्रवेश गर्ने विद्यार्थीहरूलाई अवसर भने बढ्ने देखिन्छ।
विश्वविद्यालय पास गरेका र SSW (Specified Skilled Worker) मा काम गर्न चाहनेहरूले 就職準備コース (जागिर तयारी) मा आउनुपर्नेछ, जहाँ व्यापारिक शिष्टाचार र अन्तर्वार्ता अभ्यास गराइने छ।
मान्यता प्राप्त जापानी भाषा शिक्षण संस्था बन्नको लागि २०२९ सम्मको समय दिइएको छ। अहिलेको अवस्थामा धेरै भाषा विद्यालयहरूले आफ्नो क्षमता विस्तार गर्दै ठूलो संख्यामा विद्यार्थी भर्ना गरिरहेका छन्। यसले गर्दा विद्यार्थीहरूलाई जापान आउने अवसर त मिलेको छ, तर तयारी नपुगेको अवस्थामा विभिन्न समस्या पनि देखिएको छ।
पहिला विद्यार्थीहरूले काम गर्ने गरेका उद्योगहरू अहिले SSW (Specified Skilled Worker) कामदारहरूले भरिएको कारणले, काम पाउन केही हदसम्म गाह्रो भएको छ।
यसको मतलब, जापान आउन चाहने विद्यार्थीहरूले राम्रो तयारी गरेर आउने हो भने, अवसर र उज्यालो भविष्य पक्कै सुनिश्चित गर्न सकिन्छ।
अब भने नपढे पनि जापान पुगिन्छ र फलानो पनि नपढी गएको थियो कमाएकै छ केरे भन्नेहरु लै भने केहि हद सम्म गार्हो नै हुने देखिन्छ ।जहाँ चुनौती छ, त्यहाँ अवसर पनि हुन्छ। त्यसैले अध्ययन गरौं र आफ्नो उज्जवल भविष्यको लागि तयारी गरौं।
CEFR को ६ स्तरहरूस्तर
विवरण(सजिलो भाषामा)JLPT (जापानी भाषा परीक्षा) सँग तुलना गर्दा
A1 – अत्यन्तै आधारभूत कुरा बुझ्न सक्ने (सुरुआती)~ JLPT N5
A2- दैनिक जीवनका सामान्य कुरा गर्न सक्ने (सुरुआती) ~JLPT N4
B1- सामान्य कुराकानी र थोरै जटिल विषयमा बोल्न सक्ने ~JLPT N3
B2 – आफ्ना विचार व्यक्त गर्न र स्पष्ट रूपमा व्याख्या गर्न सक्ने -~JLPT N2
C1 – पेशागत र शैक्षिक रूपमा गहिरो कुराकानी गर्न सक्ने ~JLPT N1
C2 – मातृभाषी जस्तै स्तरमा प्रयोग गर्न सक्ने ~JLPT N1 भन्दा माथि
(लेखक,नेपाली विद्यार्थी समाज जापानका निवर्तमान अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




