टोकियो/जापान।
सन् २०२४ मा जापानी नागरिकहरूको औसत आयु अघिल्लो वर्षको तुलनामा झण्डै अपरिवर्तित रहेको छ। जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक सर्वेक्षण अनुसार, पुरुषहरूको औसत आयु ८१.०९ वर्ष र महिलाहरूको ८७.१३ वर्ष पुगेको छ।
यो तथ्यांकले औसत आयु स्थिर रहेको देखाए पनि विश्व स्तरमा जापानी महिलाहरूले पहिलो स्थान कायम राखेका छन्। पुरुषहरूको हकमा भने एक स्थान घट्दै छैटौँ स्थानमा झरेका छन्।
जापानी पुरुषभन्दा अगाडि स्वीडेन, स्विजरल्यान्ड, नर्वे, इटाली र स्पेन रहेका छन्, भने जापानी महिलापछिका स्थानहरूमा दक्षिण कोरिया, स्पेन, स्विजरल्यान्ड, फ्रान्स र इटाली रहेका छन्।
औसत आयु भन्नाले सो वर्ष जन्मेका बालबालिकाहरूको भविष्यमा हुने जीवन अवधि अनुमानित हो, र यो प्रत्येक उमेरमा मृत्यु दर स्थिर रहने मान्यतामा आधारित हुन्छ।
कोरोना महामारीका कारण सन् २०२१ र २०२२ मा जापानको औसत आयु घटेको थियो। तर, २०२३ मा कोभिडका कारण मृत्यु संख्या घटेपछि औसत आयु पुनः बढेको हो। सन् २०२४ मा भने यो स्थिर देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, २०२४ मा जन्मिने पुरुषमध्ये ७५.३% ले ७५ वर्ष, र २५.८% ले ९० वर्षसम्म बाँच्ने सम्भावना छ। महिलाहरूको हकमा ८७.९% ले ७५ वर्ष, र ५०.२% ले ९० वर्षसम्म जीवित रहने अनुमान गरिएको छ।
मन्त्रालयले सम्भावित मृत्युको कारणसमेत विश्लेषण गरेको छ।पुरुषहरूमा सबैभन्दा धेरै २५.५९% ले क्यान्सर का कारण ज्यान गुमाउने अनुमान छ भने महिलाहरूको हकमा २०.७५% ले बुढ्यौलीकै कारण मृत्यु हुने अनुमान गरिएको छ, जुन क्यान्सर मृत्युको १९.०६% भन्दा बढी हो।
यदि क्यान्सरबाट कुनै मृत्यु नभएको भए, पुरुषहरूको औसत आयु ३.११ वर्ष र महिलाहरूको २.६८ वर्षले वृद्धि हुने मन्त्रालयको विश्लेषणमा उल्लेख छ।यसले देखाउँछ कि दीर्घरोग विशेष गरी क्यान्सरको रोकथामले भविष्यमा औसत आयु बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




