काठमाडौँ/नेपाल।
जब व्यवसायमा संस्कृति, सेवा, सौन्दर्यता र आधुनिकताको संगम हुन्छ, त्यहाँ एक यस्तो स्थल सिर्जना हुन्छ, जसले केवल सेवा मात्र होइन, मनमा अमिट छाप पनि छोड्दछ। त्यसको जीवन्त उदाहरण बनेको छ- आर्या होटल एण्ड स्पा। राजधानीको पर्यटन मुटु ठमेलको नरसिंह चोकमा अवस्थित यो फाईभस्टार लक्जरी होटल नेपाली आतिथ्य संस्कृतिको गौरवशाली प्रस्तुति हो।

यस भव्य परियोजनाका सिर्जनाकर्ता हुन् – कृष्ण प्रसाद सिम्खडा। व्यवसायिक सफलतासँगै नेपाली पर्यटनको स्वरूप बदल्ने सपना बोकेका यी पर्यटन अभियन्ताले आर्यालाई केवल होटल नभई एक अद्वितीय सांस्कृतिक अनुभव साट्ने अनुपम स्थान बनाएका छन्।
मनमोहक भव्यता, संस्कृति र सुविधा एकै ठाउँमाः
आर्य होटलमा रहेका ७२ वटा विशिष्ट कोठा(प्रेसिडेन्सियल सुइटदेखि आर्या डिलक्ससम्म)हरेक पाहुनालाई शाही अनुभव दिने गरी सुसज्जित छन्। जाकुजी, एलइडी टिभी(Hotel Mode Led TV), अर्ग्यानिक चिया-कफीदेखि फ्रेन्च प्रेस, मिनी बार लगायतका सुविधाले यसलाई ‘लक्जरी अफ लिभिङ’ बनाएका छन् ।

आकाशमाथिको स्वाद : ‘सोरा’ र ‘स्काईलाइन सोरा’
१२औं तल्लामा रहेको ‘सोरा रेस्टुरेन्ट’ र त्यसकै भाग ‘स्काईलाइन सोरा’ ले पाहुनालाई भोजनसँगै काठमाडौं उपत्यकाबाट देखिने सुरम्य पहाड र शहरको रमणीयता प्रदान गर्छ। विशेषगरी स्काईलाइन सोरा, पारदर्शी काचँको प्लेटफर्ममाथि बसेर खानाको स्वाद लिन सकिने ठाउँ, रोमाञ्च र रहस्यले भरिएको अनुभव लिने स्थानका रुपमा रहेको छ।

जापानी खानाको अनुपम अनुभवः
१३औं तल्लामा रहेको “The 13th Retreat”रेस्टुरेन्ट जापानी फाइन डाइनिङप्रति समर्पित छ। Live Flaming Sushi Counter बाट सिधा पाहुनाको टेबलमा प्रस्तुत गरिने परिकारहरूले अतिथिहरूलाई एउटा जीवन्त पाककलाको अनुभव दिने गर्दछ।
कफी र ऊर्जाको झझल्कोः The Corner Brew
आर्याको ग्राउन्ड फ्लोरमा रहेको यो सानो तर विशेष क्याफे हो, जहाँ ताजा कफी, अर्ग्यानिक जुसहरूका स्वादले बिहानलाई अझ स्वादिलो बनाईदिन्छ।

Tattva Spa र 9th Wave Poolside Bar – विश्राम र जीवन्तताको सन्तुलनः
१०औं तल्लामा रहेको स्पाले पाहुनालाई शारीरिक मात्रै होइन, मानसिक विश्रामसमेत प्रदान गर्छ। त्यस्तै, ९ औं तल्लाको हीटेड स्वीमिङ पूल र त्यससँगैको 9th Wave Bar ले मनोरञ्जन र विश्रामको अनुपम आनन्द प्रदान गर्दछ।

कार्यक्रम, मिटिङ र समारोहका लागि उत्कृष्टताः
११औं तल्लाको इभेन्ट हल र ग्राउन्ड फ्लोरको मिटिङ रुम सामाजिक तथा व्यवसायिक प्रयोजनमा समेत उपयोगी छन्। आधुनिक सुविधा, सौन्दर्य र व्यावसायिक व्यवस्थापनले आर्यालाई बहुआयामिक गन्तव्य बनाएको छ।
स्थान : नरसिंह चोक, ठमेल, काठमाडौं
📞 सम्पर्क : +९७७ १ ५९७१४३९ / ५९७१४४० / ९७०९५५९११५
🌐 वेबसाइट :www.aaryahotel.com
आर्या होटल एण्ड स्पा, केवल एक फाईभस्टार लक्जरी होटल मात्र होइन – यो संस्कृति, स्वाद, सेवा र सौन्दर्यको संगम हो।जापानमा आफ्नो सफल व्यवसायिक संजाल विस्तार गर्दै मेहनत र ईमान्दारिता सहितको उत्कृष्ट नेतृत्वका दृष्टान्त बनेका कृष्ण प्रसाद सिम्खडाले यो होटललाई नेपाली पर्यटनको गौरव बनाउने प्रयास गरेका छन् । यदि तपाईं काठमाडौं आउनुहुन्छ भने, आर्य होटल केवल बस्ने होइन, जीवनभर सम्झन लायक अनुभव लिन सकिने स्थान हो।
सन १९९८ मै रसियाबाट इन्जीनियरिंग अध्ययन पुरा गरेका कृ्ष्णले,सन २००२ मा जापान प्रवेश गरेर, जापानमा सफल व्यवसायिक छवी निर्माण गरिसकेका छन् । उनका लागि मातृभूमिमा गरिएको यो विशाल लगानी, नाफा घाटाभन्दा बढी देशमा रोजगारी सिर्जना,पर्यटन प्रवर्द्धन तथा राज्यकोषमा योगदान गर्ने जमर्को हो ।
थप दृश्यहरु:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




