टोकियो/जापान। जापान सरकार श्रम मन्त्रालयको परामर्श समितिले चालु आर्थिक वर्षको लागि न्यूनतम पारिश्रमिक प्रतिघण्टा ६३ येनले बढाउने सिफारिस गरेको छ। यो वृद्धि अहिलेसम्मकै सबैभन्दा ठूलो हो। प्रस्तावित वृद्धिअनुसार देशभरको औसत न्यूनतम ज्याला १ ११८ येन पुग्नेछ, जसले गर्दा सबै ४७
प्रिफेक्चरको न्यूनतम ज्याला पहिलोपटक १,००० येन नाघ्नेछ।
परामर्श समितिको निर्णय अनुसार टोकियो, ओसाका, आइचीलगायत ए श्रेणीका ६ प्रिफेक्चर, होक्काइदो, ह्योगो, फुकुओकालगायतका बि श्रेणीका २८ प्रिफेक्चर , तथा आओमोरी, कोचि र ओकिनावालगायत सि श्रेणीका १३ य प्रिफेक्चरहरुमा ६३ देखि ६४ येनसम्म वृद्धि गरिनेछ। सि श्रेणीमा १ येन बढी बढाइनुको कारणले त्यहाँको मूल्य र तलब वृद्धि दर उच्च देखिएको हो।
यो निर्णयसँगै २०२१ देखि लगातार पाँचौं वर्ष न्यूनतम पारिश्रमिकमा ऐतिहासिक वृद्धि भइरहेको छ। सन् २०२३ मा औसत ज्याला पहिलोपटक १,००० येन नाघी १,०५५ येन पुगेको थियो। यस वर्ष प्रस्तावित ६३ येन वृद्धिसँगै १,११८ येन पुग्नेछ।
प्रधानमन्त्री इशिबाले सरकारको “२०३० अघिनै न्यूनतम ज्याला १,५०० येन पुर्याउने लक्ष्य” अनुसार गरिएको यो निर्णयलाई स्वागत गरेका छन्। उनले भने, “पारिश्रमिक वृद्धिकै कारण अर्थतन्त्र चलायमान हुने, व्यवसाय बढ्ने र कामदारले उचित ज्याला पाउने सकारात्मक चक्र निर्माण हुन्छ।”
साना तथा मझौला उद्योगहरूमा पर्न सक्ने प्रभावबारे उनले भने, “सरकारले तलब वृद्धि र व्यवस्थापन सुधारका लागि पूर्ण सहयोग गर्नेछ। यदि कुनै प्रिफेक्चरले केन्द्रको मापदण्डभन्दा बढी ज्याला तोक्न चाहेमा विशेष सहयोग पनि प्रदान गरिनेछ।”
अब हरेक प्रिफ्क्चरमा स्थानीय श्रम समितिहरूमा छलफलपछि अन्तिम दर तोकिनेछ, जसको कार्यान्वयन सन् २०२५ को अक्टोबरदेखि हुनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




