टोकियो/जापान। धादिङ समाज जापानले आपतकालिन् राहतकोष सहयोगार्थ आयोजना गर्न लागेको “तीज धमाका २०२५”कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। अगस्ट २३ तारिख साँझ ५ बजेपछि टोकियोको नाकानो जेरो हलमा हुने कार्यक्रममा लोकप्रिय कलाकारहरू पशुपति शर्मा, पूर्णकला बिसी, राजकुमार बानियाँ, श्याम सितल र नारायणी खत्रीले प्रस्तुतिहरू दिनेछन्।

धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठका अनुसार, परदेशमा बस्दा पनि घरदेशको संस्कृतिलाई जोगाउँदै दिदीबहिनीहरूलाई वर्षको तीज पर्व रमाइलोका साथ मनाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। महासचिव सुशान्त बानियाँले सबै सम्बन्धित व्यक्तिहरूलाई निमन्त्रणा पठाइसकिएको जानकारी दिएका छन्।

कार्यक्रमको मिडिया पार्टनरको रूपमा नेपालन्युजपोस्ट लगायतका अनलाईन मिडिया रहेका छन्। आयोजकले यो कार्यक्रमलाई सांस्कृतिक उत्सव मात्र नभई एक आपसी भेटघाट र एकताको अवसरका रूपमा पनि प्रस्तुत गर्ने प्रयास गरेको बताईएको छ।
सन २०१३ देखि जापानमा सक्रियरुपमा क्रियाशिल धादिङ समाज जापानको वर्तमान कार्यसमितिले १० लाख येनको आपतकालिन् राहतकोष निर्माण अभियान संचालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




