टोकियो/जापान। जापानमा माध्यमिक विद्यालयका करिब १.८ प्रतिशत (अर्थात् हरेक ५५ विद्यार्थीमध्ये एक जना) ले गत वर्षको अवधिमा नशा गर्ने वा मानसिक अवस्था परिवर्तन गर्ने उद्देश्यले ओटीसी (Over-the-counter) अर्थात् चिकित्सकको प्रेस्क्रिप्शनबिनै किन्न सकिने औषधिको दुरुपयोग गरेको एक सरकारी सर्वेक्षणमा देखिएको छ। यो तथ्यांक पहिलो पटक सार्वजनिक गरिएको हो।
स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीले गत वर्ष सेप्टेम्बरदेखि डिसेम्बरसम्म गरेको सर्वेक्षणमा ३८ हजार विद्यार्थीको उत्तर संकलन भएको थियो। सो सर्वेक्षणमा विद्यार्थीलाई, “गत एक वर्षमा नशा गर्ने वा मुड परिवर्तन गर्ने उद्देश्यले औषधिको निर्धारित मात्राभन्दा बढी वा बढी पटक सेवन गरेका छौ ?” भनेर सोधिएको थियो।
लिङ्ग अनुसार हेर्दा, केटामा दुरुपयोग दर १ दशमलव ५ प्रतिशत र केटीमा २ प्रतिशत देखियो। कक्षा अनुसार हेर्दा पहिलो वर्षमा २ दशमलव १ प्रतिशत, दोस्रोमा १ दशमलव ८ प्रतिशत र तेस्रोमा १ दशमलव ६ प्रतिशतले यस्तो व्यवहार देखाएका छन्।
औषधि पाउने स्थानका बारेमा, ६४ दशमलव २ प्रतिशतले ड्रग स्टोर वा अन्य पसलबाट पाएको भनेका छन् भने ३३ दशमलव ३ प्रतिशतले घरमै फेला पारेको बताएका छन्। “स्कूल बिलकुलै रमाइलो छैन,” “मनको कुरा गर्न साथी छैन,” वा “समस्या बारे अभिभावकसँग कहिल्यै कुरा हुँदैन” भन्ने समूहमा औषधि दुरुपयोग गर्नेको संख्या बढी देखिएको छ।
दैनिक जीवन वा विद्यालयमा कठिनाइ भोग्ने प्रश्नमा, दुरुपयोग गर्ने विद्यार्थीमध्ये २१ प्रतिशतले “धेरै” भनेका छन् भने २६ प्रतिशतले “केहि हदसम्म” भनेका छन्।
स्वास्थ्य मन्त्रालयले हरेक दुई वर्षमा माध्यमिक विद्यार्थीको मदिरा, धूमपान र मादक पदार्थ दुरुपयोगबारे राष्ट्रिय सर्वेक्षण गर्दै आएको छ। यसपटक पहिलो पटक ओटीसी औषधिबारे प्रश्न समावेश गरिएको हो।
अध्ययन नेतृत्व गरेका राष्ट्रिय स्नायु विज्ञान तथा मानसिक रोग केन्द्रका अनुसन्धानकर्ता ताकुया शिमानेका अनुसार, नतिजाले ओटीसी औषधिको दुरुपयोग देशभर फैलिएको संकेत देखाउँछ। उनले “बालबालिका र परिवारलाई परामर्श तथा सहयोगसँग जोड्ने प्रणाली आवश्यक छ” भनेका छन्।
सन् २०२१ मा उच्च माध्यमिक विद्यार्थीलाई लक्ष्य गरेर गरिएको अर्को सर्वेक्षणमा पनि १ दशमलव ६ प्रतिशत (अर्थात् हरेक ६० विद्यार्थीमध्ये एक जना) ले ओटीसी औषधि दुरुपयोग गरेको पाइएको थियो।
गत मे महिनामा पारित औषधि सम्बन्धी संशोधित कानुन अनुसार, यदि ओटीसी औषधिमा दुरुपयोगको सम्भावना हुने तत्व भएमा सरकार युवा समूहलाई यसको बिक्रीमा प्रतिबन्ध लगाउनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




