टोकियो/जापान। जापानको अध्यागमन विभागले विशेष प्रकारका भिसा लिएर अस्थायी स्टाफिङ एजेन्सीमार्फत काम गर्ने विदेशी कामदारहरूमाथि भइरहेको सम्भावित दुर्व्यवहार रोक्न कदम चाल्ने तयारी गरेको छ।
जापानी संचार माध्यमहरुका अनुसार, कतिपय विदेशी कामदारहरूलाई उनीहरूको विशेषज्ञता विपरीत सामान्य श्रममा लगाइएको तथ्य पत्ता लागेपछि विभागले यस्तो कदम चाल्न लागेको हो।
इन्जिनियर, मानविकी विशेषज्ञ तथा अन्तर्राष्ट्रिय सेवामा संलग्न व्यक्तिलाई दिइने यो भिसाले जापानमा लामो समयसम्म काम गर्न अनुमति दिन्छ, जसमा नवीकरणको कुनै सीमा हुँदैन। सन २०२४ को अन्त्यसम्म यो भिसा पाउने विदेशीहरूको संख्या ४ लाख १० हजार पुगेको छ, जसमा करिब १० प्रतिशत अस्थायी रोजगार एजेन्सीमार्फत काम गरिरहेका छन्। धेरैजसोले अनुवाद, उत्पादन व्यवस्थापनजस्ता काम गर्दै आएका छन्।
यो भिसा पाउन आफ्नै देशको विश्वविद्यालय स्नातकजस्ता शैक्षिक योग्यता आवश्यक पर्छ र मूलत: उच्चस्तरीय व्यावसायिक काम गर्न मात्र प्रयोग गर्न पाइन्छ। तर, कतिपय अस्थायी रोजगार कम्पनीहरूले यस्ता कामदारलाई अन्य सामान्य काम गर्न सक्ने भनेर ग्राहकलाई जानकारी दिँदै गैरविशेषज्ञ काममा संलग्न गराएका घटनाहरू भेटिएका छन्।
अध्यागमन विभागले थप घटनाहरूको जाँच गर्ने र यसबारेमा सचेतना अभिवृद्धि गर्ने बताएको छ। यदि स्थिति सुधार भएन भने, विदेशी कामदारहरूले आफ्नो बसाइ अवधिमा फरक कम्पनीमा पठाइएमा अनिवार्य रूपमा जानकारी दिनुपर्ने व्यवस्था गर्ने विकल्प पनि विचाराधीन छ।
विदेशीहरूको समर्थनमा काम गर्ने समूहहरूले अस्थायी रोजगार कम्पनीहरूले काम नै नदिने उजुरीहरू पनि बढेको जनाएका छन्।
यता, आप्रवासन विभागले बिजनेस म्यानेजर भिसा मा पनि कडाइ गर्ने सोच बनाइरहेको छ। यो भिसा मूलत: स्टार्टअप व्यवसायलाई समर्थन गर्ने उद्देश्यले दिइन्छ तर कतिपयले नाम मात्रको कम्पनीमार्फत आवेदन दिएर स्वीकृति लिइरहेको पाइएपछि कडाइ गर्ने तयारी गरिएको हो। यसका लागि हालको न्यूनतम पुँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्याउने सम्भावना रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




