टोकियो/जापान। बागलुङ समाज जापान र धौलागिरी भजन समूह जापानको संयुक्त आयोजनामा यस वर्षको श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

टोकियोमा भएको कार्यक्रमलाई प्रेरणादायी बनाउनमा आध्यात्मिक तथा प्रेरक वक्ता कोष भारद्वाजको प्रवचन, हरी रिजाल,केशव कँडेल र दिपक गुरागाईंको वैदिक विधिअनुसारको पूजा,संगीतमय भजन किर्तन साथमा कृष्ण लीला सहितका प्रस्तुतिहरु कार्यक्रमका विशेष आकर्षक बनेका थिए।

जापानमा क्रियाशील एनआरएनए जापान लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, साथै टाढा–टाढाबाट सहभागिता जनाएका भक्तजनहरूको बाक्लो उपस्थितिले कार्यक्रम अझ भव्य बनेको थियो ।

कार्यक्रम सफल बनाउन बाग्लुङ समाज जापानका संरक्षकहरू, सल्लाहकारहरू, कार्यसमिति तथा धौलागिरी भजन समूहका प्रतिनिधीहरु लगायत जापानवासी नेपालीहरूको साथ र सहयोगले गर्दा नै कार्यक्रम विशेष र भव्य भनेको अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसै क्रममा, बाग्लुङ समाज जापानका संरक्षक, समाजसेवी तथा सफल व्यवसायी आदरणीय दिपक सुवेदीज्यूले धौलागिरी भजन समूह जापानलाई संस्थागत गर्नका लागि जापानी एक सय मान येन सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार