टोकियो/जापान। नीलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम यहि अगस्ट १८ तारिख टोकियोमा सम्पन्न भएको छ ।
बागलुङ जिल्ला गलकोट को” सुन्दर निलुवा हाम्रो सान पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मुल नाराका साथ सन २०१५ मा स्थापना भएको निलुवा समाज जापानको तीजको दर खाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम २०२५-८-१८ अर्थात् हिजो सोमबार टोकीयो कोइबा स्थित नेपाली भान्स घर रेस्टुरेन्टमा सम्पन्न भएको हो।
नीलुवा समाज जापानका अध्यक्ष मोहनराज सूबेदीको अध्यक्षता सस्थाका सस्थापक अध्यक्ष तथा संमक्षक भोजेन्द्र सूबेदीको प्रमुख आतिथ्यता,धनकाली शर्माको विशिष्ट अतीथी रहेको कार्यक्रम सस्थाका महासचीव भूमीराज सूबेदी ठीटो ले संचालन गरेका थिए भने उपास्थित सम्पूर्ण अथीतीहरुमा सस्थाका सचिव बीपी सूबेदी जलनले स्वागत मन्तव्य राखेका थिए।
मन्तव्य राख्ने क्रममा संस्थाका परिकल्पनाकार ,संस्थापक अध्यक्ष तथा हालका संरक्षक भोजेन्द्र सुवेदीले जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले काम गर्नको लागि बल पूगेको बताएका थिए । त्यस्तै बरिस्ठ उपाध्यक्ष हरिप्रसाद सूबेदीले संस्थाको विकाशका लागि कुनै कसर बाँकी नराखी आगडि बढ्नु पर्ने बताए।
विदेशी भूमिमा रहेरपनी देसको संस्कृति को संक्षण गरी कार्यक्रम आयोजना गरिराखेकोमा खुशी व्यक्त गर्दै सस्थाका उपाध्यक्ष द्वय गंगाराम सुबेदी( जीआर )र दीपक सुबेदी बिप्लपले आफ्नो मन्तव्य राखेका थिए ।ग न पा ४ बाशीहरू मिलेर जन्माएको सस्थाले बिभिन्न सामाजीक महत्वराखेका देशका चाडपर्व तथा उत्सव हरुको अवसरमा आफ्नो देशको संस्कृति तथा रीतिरिवाज लाई संरक्षण गरी निरन्तर रूपमा कार्यक्रम हरु संचालन गर्दै अयकोमा खुशी का साथ गौरव व्यक्त गर्दै सस्थाका कोषाध्यक्ष बिश्नु शर्मा (भूमिराज)ले आफ्नो मन्तव्य राखेका थिए ।त्यस्तै उपस्थित सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै सस्थाले आगामी दिनमा पनी यस्तै यस्तै कार्यक्रम हरू संचालन गरीरहने कुराको जानकारी गराउदै सस्थाको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै कार्यक्रमको सफलता पूर्वक सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी निभाऊनु भयका सस्थाका सल्लाहाकार समिति सदस्य बिश्नु सुबेदीले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
आयोजकका अनुसार, कार्यक्रममा करीव १०० जनाको उपास्थिती रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




