जापान। क्योटो विश्वविद्यालयको अनुसन्धान टोलीले गरेको अध्ययनअनुसार, जापानभरका ३४ वटा पानी प्रशोधन केन्द्रको फोहोरहरुमा स्वास्थ्यका लागि सम्भावित हानिकारक पीएफएएस (PFAS) रसायनहरू फेला परेका छन्। अध्ययनमा विश्वव्यापी रूपमा नियमन गरिएको पीएफओएस (PFOS) लगभग सबै नमुनामा भेटिएको देखाइएको छ।
यसले यी रसायन जापानभर फैलिसकेको पुष्टि गरेको अनुसन्धान टोलीले जनाएको छ। जापान सरकारले ति प्रशोधित फोहोरहरुलाई मलको रूपमा प्रयोग गर्ने नीति अघि बढाइरहेको भए पनि हालसम्म पीएफएएसको मात्राबारे कुनै पनि गाईडलाईन तय गरिएको छैन।
पिएफएस भनेको के हो त ?
पीएफएएस भन्नाले करिब १० हजारभन्दा बढी कृत्रिम रसायनहरूको समूहलाई जनाउँछ, जसमा पीएफओएस (perfluorooctanesulfonic acid) र पीएफओए (perfluorooctanoic acid) समेत पर्छन्। यीलाई “फरेभर केमिकल्स” (सधैं रहिरहने रसायन) पनि भनिन्छ, किनकि यी सजिलै नष्ट हुँदैनन् र माटो तथा पानीमा जमेर वातावरणीय प्रदूषण निम्त्याउँछन्। यी रसायनहरू फायरफाइटिङ फोम, नन-स्टिक भाँडाकुँडा, र अन्य उत्पादनमा प्रयोग हुने गरेका छन्।
अनुसन्धानकर्ता तथा क्योटो विश्वविद्यालयका सहयोगी प्राध्यापक खाजुयुकी ओशिताले भने, “पीएफओएस, जसलाई स्वास्थ्यमा हानि पुर्याउने मानिन्छ, जापानभरको फोहोरमा सामान्यतया समावेश हुनसक्ने सम्भावना छ। तथ्याङ्कहरूको संकलनले भविष्यमा गाईडलाईन बनाउन मद्दत पुर्याउनु उपयुक्त हुन्छ।”
हालै जापानका विभिन्न सर्वेक्षणहरूले खानेपानी, नदी, कारखाना क्षेत्र, अमेरिकी सैनिक बेस र जापानी आत्मरक्षा बल वसोवास क्षेत्रमा पीएफएएस प्रदूषण देखाएका छन्। यसले जनस्वास्थ्यप्रति चिन्ता बढाएको छ।
स्टकहोम कनभेन्सनअनुसार जापानले पीएफओएस, पीएफओए र अर्को प्रकारको पीएफएएस (PFHxS) को उत्पादन र आयातमा प्रतिबन्ध लगाएको छ।
क्योटो विश्वविद्यालयको अध्ययनमा होक्काइदोदेखि ओकिनावा सम्मका ३४ प्रशोधन केन्द्रका फोहोर परीक्षण गर्दा ३० प्रकारका पीएफएएस (पीएफओएस सहित) जाँच गरियो। नतिजामा पीएफओएस ३३ स्थानमा पक्का भएको थियो। औसत मात्र ५.१ न्यानोग्राम प्रति ग्राम पाइयो भने सबैभन्दा बढी ६९ न्यानोग्राम नापियो।
यता, कृषि, वन तथा मत्स्य मन्त्रालयले भने, “पीएफएएसको मात्रा अत्यन्तै सानो र पत्ता लगाउनै कठिन तहमा छ। त्यसैले मलको रूपमा प्रयोग गर्दा कुनै समस्या छैन।” मन्त्रालयले गत वर्ष ८६ नमुनामा गरेको अध्ययनका आधारमा यस्तो विवरण सार्वजनिक गरेको हो। सरकारले सन् २०३० सम्म फोहोर पानीको कीचडबाट उत्पादन हुने मलको प्रयोग सन् २०२१ को स्तरको दोब्बर पुर्याउने लक्ष्य राखेको छ।
विदेशमा भने यसबारे नियमन कडाइ हुँदै गएको छ। अमेरिकाको वातावरण संरक्षण निकाय (EPA) ले यस वर्ष जनवरीमा पानी प्रशोधन केन्द्रका फोहोरलाई माटो सुधारक वा मलका रूपमा प्रयोग गर्दा सानो मात्रामा समेत पीएफएएस स्वास्थ्यका लागि खतरनाक हुनसक्ने चेतावनी दिएको छ।
जापान सरकारले भने आगामी वर्ष अप्रिलदेखि खानेपानीमा पाइने पीएफओए र पीएफओएसको मात्रा नियन्त्रण गर्ने नियम लागू गर्ने जनाएको छ। यसअनुसार यदि पानीमा यी रसायनहरूको मात्रा प्रति लिटर ५० न्यानोग्रामभन्दा बढी भेटिएमा पानी आपूर्तिकर्ताले गुणस्तर सुधार्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




