टोकियो/जापान । जापानको राजधानी टोकियोको सिबा पार्कमा यहि अगष्ट २३ र २४ तारिख आयोजना हुने तीज फेस्टिवलको सम्पूर्ण तयारी पुरा भएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिन, विहीबार टोकियोमा आयोजना गरिएको पत्रकार भेटघाटमा मेलाकी संयोजक कामना भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकी हुन् ।

डेस्टिनी क्रियासनको आयोजनमा हुने तिज फेस्टिवलमा मौलिक तिज गित प्रतियोगिता सहित फुड स्टल सहित नेपाल तथा जापानमा रहेका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताईएको छ ।

तीज फेस्टिवलमा करिब १ करोड नेपाली रुपैयाँ लगात लाग्ने अनुमान गरिएको छ भने , १ करोड ६० लाख जति आम्दानीको लक्ष्य राखिएको आयोजक मध्येका एक बिण्णु सुबेदीले जानकारी दिए ।

आयोजकका अनुसार, विहिबार सम्म १५ सय टिकट बिक्री भईसकेको छ । एक दिनमा ४ हजार दर्शक मेला स्थलमा पुग्ने आयोजकको अनुमान रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार