पछिल्लो समय जापानमा करिब २ लाख ५० हजार भन्दा बढि नेपालीहरुको संङ्ख्या हुँदै गर्दा लगभग १०० भन्दा बढी सामाजिक संघसंस्थाहरु पनि स्थापना भएका छन भने यो संङ्ख्या अझ बढ्ने क्रममा रहेको देखिन्छ। विशेषगरी जापानमा एनआरएनए र त्यसका क्षेत्रीय समिति बाहेकका अन्य सामाजिक संघसंस्थाहरु अधिकांश दलीय, जातीय, जिल्ला र क्षेत्रगतका मूल संस्था र तिनका क्षेत्रीय समितिहरु रहेका छन।
जापानमा रहेका नेपाली र आफ्नो जन्मभूमिको लागि सेवा गर्ने उद्देश्यका साथ संस्थाहरु स्थापना हुनु आफैँमा सकारात्मक कुरा हो जसले जापानमा विभिन्न किसिमका समस्यामा परेका नेपालीहरुलाई सहयोग पनि पुग्ने गर्दछ।
पछिल्लो समय जापानमा सामाजिक संघसंस्थाहरु बढ्दै जाँदा सकारात्मक कामसँगै केहि जापानका नियम विपरितका कार्यबारे विभिन्न घटनाका खबरहरु पनि आईरहेका हुन्छन।अधिकांश सामाजिक संघसस्थाहरुको प्रमुख लक्ष्य भनेको जापानमा रहेका नेपालीहरुलाई लक्षित विभिन्न किसिमका जानाकारीमूलक कार्यक्रम तथा सूचना प्रदान गर्दै आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएका हुन्छन। जापानमा विभिन्न संघसंस्थाहरुले कार्यक्रमको लागि कलाकार, नेता तथा अन्य ब्यक्तिहरुलाई आमन्त्रित गर्दा विमानस्थलमा स्वागतको लागि ठुलै समुह भएर जानु, अनावश्यक मात्रामा फूलमाला तथा खादा लगाइदिनु ,स्टेसनमै धेरै ब्यक्तिहरुको समुहमा फोटो खिच्नु साथै विभिन्न चाडपर्व तथा अन्य अववरको दिनमा ठुलै हुल बनेर पैदल यात्रामा चर्को स्वरमा चिच्याउँदैमा हो-हल्ला गरेर हिड्नु साथै कसैलाई सहयोग गर्न जाँदा पनि सहयोग भन्दा पनि ग्रुपमा फोटो खिचेर सामाजिक सन्जालमा पोस्ट्याउन हतार गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ त्यसैले हामी नेपालीहरुले यि र यस्ता कार्यहरु प्रति विचार पुर्याएर काम गर्न जरुरी देखिन्छ्। पछिल्लो समय जापानमा विदेशीहरुको बढ्दो संङ्ख्यासँगै केहि जापानीहरुले विदेशीहरु प्रति हेर्ने सोच र व्यवहार पनि फरक हुँदै गएको पाइन्छ।
पछिल्लो समय जापानमा दिनप्रतिदिन नेपालीहरुको संङ्ख्या बढेसँगै विभिन्न किसिमका समस्या र चुनौतीहरु पनि थपिदै गएको देखिन्छ त्यसैले गर्दा पनि सामाजिक संघसंस्थाहरु पद र खादामालाकै लागि भन्दा पनि आफ्ना पेसा तथा व्यवसायलाई समय दिँदै सामाजिक सेवातिर लागेर काम गर्न सके संस्थाको पनि महत्त्व बढ्दै जाने थियो भन्ने कुरा बुझ्न जरुरी देखिन्छ।
सुरुमा जापानका नियम कानुनबारे राम्रोसँग नबुझ्दा पनि विभिन्न किसिमका समस्याहरु भोग्नुपर्ने हुन्छ त्यसैले पनि एन आरएनए लगाएत अन्य सामाजिक संघसंस्थाहरुले पनि ति कुराहरुलाई मध्यनजर गर्दै सूचना प्रदान गर्न सक्ने हो भने केहि सहजता हुन सक्दछ।
आफुलाई समाजसेवी ठान्दै विभिन्न कार्यक्रमहरुमा खादामाला लगाउँदै हिड्नेहरु केहि व्यक्तिहरु हुन्डी कारोबार गर्ने, नेपालीहरु मार्फत चर्को रकम लिएर जापान ल्याउने लगाएत विभिन्न घटनामा मुछिएका व्यक्तिहरु पनि भेटिन्छन त्यसैले त्यस्ता केहि व्यक्तिहरुले गर्दा पनि जापानमा नि:स्वार्थ भावनाले समाजसेवा गर्नेहरु प्रति पनि नेपालीहरुले सोच्ने र हेर्ने नजर फरक हुँदै गएको देखिन्छ।केहि सामाजिक संस्थाका जिम्मेवारी व्यक्तिहरु आफ्नो पदीय मर्यादालाई भुलेर विभिन्न किसिमको घटनाहरुमा संग्लन भएका समाचारहरु बाहिर आउदा पनि सामाजिक संघसंस्थाहरुको प्रतिष्ठा घट्दै गएको पाइन्छ।
अन्त्यमा , जापानमा रहेका नेपाली सामाजिक संघसांस्थाहरुले आफ्नो कार्यशैली र कार्य ढाँचालाई परिवर्तन गर्दै जापानको नियम कानुनलाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी देखिन्छ। होइन भने जसरी पछिल्ला समय नेपालीहरुद्वारा विभिन्न किसिमका खराब कार्यशैलीहरु बढ्दै गएको छ यसले स्वयम हामी नेपालीहरुलाई नै लज्जित बनाउनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




