कुमामोतो/जापान। हरितालिका तीज पर्व २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम अन्तर्गत, कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी पहिलो भएकी छिन् । त्यस्तै, संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा, र आशा बलाल तेस्रो स्थानमा रहन सफल भए ।
विजेता सहभागीहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो घी र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी, निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गी समेतको सहभागिता थियो ।निर्णायक सुरेन्द्र डंगोलका अनुसार प्रतियोगिताको परिणाम दर्शकको भोट र निर्णायकको अङ्कको आधारमा तय गरिएको थियो ।
कुमामोतोस्थित स्पाइस आरोमा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हरिदेवकोटाले विजेता तथा सहभागीहरूलाई बधाई दिँदै भने: “मञ्च ठूलो होस् वा सानो, त्यसको सम्मान गर्नैपर्छ । तपाईं आज सामान्य कलाकार होला, तर कुनै दिन देश चिनाउने कलाकार बन्ने सम्भावना हरेकमा हुन्छ । धैर्यता र अनुशासनसाथ कर्म गर्न कहिल्यै नछोड्नुहोस्।”त्यस्तै, अर्का अतिथि कवि तथा कलाकार मञ्जुल मितेरीले भावनात्मक शैलीमा सन्देश दिँदै सहभागीहरूलाई प्रोत्साहित गरे ।
यसपटकको प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, दोस्रो पुरस्कार स्पाइस आरोमा रेस्टुरेन्ट, र तेस्रो पुरस्कार आसो फुटबल क्लबले प्रायोजन गरेका थिए । होक्काइडो घी र येहे सह–प्रायोजकका रूपमा थिए। येहे रेमिट द्वारा सञ्चालित लक्की ड्रमार्फत विभिन्न सहभागीहरूले २० हजार येन बराबरको नगद पुरस्कार र होक्काइडो “घी” जितेका थिए ।
कुमामोतो नेपाली समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा नेपाली समुदायको संख्यामा तीव्र वृद्धि भइरहेकाले समस्याहरू समाधान गर्न समाज र संगठनहरूको भूमिका अत्यावश्यक रहेको बताए ।
उनले भनेकाछन: “हामी फुटेर होइन, जुटेर मात्रै समाधान सम्भव हुन्छ । एनआरएनए जापान र नेपाली दूतावाससँग सहकार्य गर्न हामी तत्पर छौं ।”
तीज पर्वकै सन्दर्भमा कुमामोतोमा सक्रिय आसो फुटबल क्लबले लोटस इन्डो नेपाली रेस्टुरेन्टमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समाजका अध्यक्ष रोशन भट्टराईले खेलकुद र समाज बीचको सम्बन्धको चर्चा गर्दै क्लबसँग सहकार्य गर्न सधैं इच्छुक रहेको बताए ।
एनआरएनए क्युसुका सह–संयोजक पवन अधिकारीले सांस्कृतिक तथा सामाजिक पर्वहरूलाई मिलेर मनाएझैं, साझा समस्या समाधानमा पनि समाज र क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, एनआरएनए क्युसु सदस्य बद्री सापकोटा र सुजन कटुवालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका म्यानेजर बिपिन घलेले बिदेशमा रहेपनि खेल क्षेत्रमार्फत देश र समाजलाई चिनाउन मद्दत मिलेको बताए ।क्लब संयोजक मदन गुरुङले चाडपर्व र रीतिरिवाजलाई जहाँ गएपनि सम्मानपूर्वक सम्झनु आवश्यक रहेको भन्दै, भावनात्मक एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




