
टोकियो/जापान। आज सेप्टेम्बर १ तारिख, जापानमा “बोउसाई नो हि” (防災の日) अर्थात् “विपद् व्यवस्थापन दिवस” का रुपमा मनाइन्छ। यो दिवस सन् १९२३ को सेप्टेम्बर १ मा आएको विनाशकारी कान्तो भूकम्पको स्मृतिमा सुरुवात गरिएको हो। यस दिनलाई प्राकृतिक विपदहरु जस्तै- भूकम्प, सुनामी, आँधीबेहरी वा बाढी जस्ता घटनाप्रति सतर्क रहन र आपतकालीन तयारीलाई मजबुत बनाउन समर्पित गरिएको छ।
यस अवसरमा जापानका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम र अभ्यास सञ्चालन गरिएको छ। टोकियोमा फायर डिपार्टमेन्टले आयोजना गरेको “बोउसाई क्युक्यु फेयर” मा अभिभावक र बालबालिकालाई सहभागी गराइ आगो निभाउने अभ्यास, प्राथमिक उपचार, र CPR सिकाउने कार्य गरिन्छ। यसले सामान्य नागरिकलाई आपतकालमा सही ढंगले प्रतिक्रिया दिन मद्दत गर्ने विश्वास लिइएको छ।
साथै, रेडियो तथा टेलिभिजन कार्यक्रममार्फत “भूकम्प बीमा” (地震保険) को महत्वबारे जनचेतना फैलाइने गरिन्छ। “आगलागी बीमा” भन्दा फरक भूकम्प बीमाले भूकम्प, सुनामी वा ज्वालामुखीजन्य गतिविधिबाट हुने क्षति समेत कभर गर्ने भएकाले यसमा जनताको ध्यानाकर्षण गराइएको छ।
यसैबीच, हालै सार्वजनिक गरिएको एक सर्वेक्षण अनुसार करिब ६० प्रतिशत जापानी नागरिक विपद् प्रति गहिरो चिन्ता राख्छन्। तर, वास्तविक तयारी भने अझै अपर्याप्त छ। धेरैले आपतकालीन सामग्री भण्डारण नगरेको वा नियमित रूपमा विपद् अभ्यासमा भाग नलिएको देखिएको छ।
“बोउसाई नो हि” ले जापानी समाजलाई विगतका भूकम्प र प्राकृतिक विपद्बाट सिकेर भविष्यमा अझ सुरक्षित र सजग जीवन जिउन प्रेरित गर्ने उद्देश्य बोकेको छ। आजको दिनलाई अवसर बनाएर घरपरिवार, विद्यालय, कार्यस्थल र समुदायस्तरमै तयारीलाई बलियो बनाउन जापानी सरकारले आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




