ओसाका/ जापान। यहि सेप्टेम्बर ८ तारिख गुल्मेली समाज जापान कान्साई क्षेत्रिय कार्यसमितिको प्रथम अधिवेशन ओसाकामा सम्पन्न भएको छ । गुल्मेली समाज जापानको अध्यक्ष  महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थापक अध्यक्ष बाबुराम भण्डारी ,निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, गुल्मीका अग्रज व्यक्तित्व तथा ओसाकामा गुल्मेली समाज गठन गर्न महत्वपूर्ण भूमिका खेलेका समाजका अभिभावक तुल्सीराम खरेल,गुल्मेली समाज जापानका सल्लाहकार तथा एनआरएनए जापानको वरिष्ट उपाध्यक्ष टिकाराम खरेल , एनआरएनए जापानको उपाध्यक्ष दिलिप कंडेल र गुल्मेली समाज जापानका सल्लाहकार द्वय मुक्तीराम खरेल र ईश्वरी सापकोटा तथा गुल्मेली समाज जापानका केन्द्रिय पधादिकारी उपाध्यक्ष द्वय कृष्ण बावु पोख्रेल र ज्योती के सी ,सचिव द्वय दिपेन्द्र के सी र लक्ष्मण वस्नेत,निवर्तमान कान्तो संयोजक कृष्ण भण्डारी तथा  एनआरएनए आईसीसी सदस्य द्वोय टिकाराम कंडेल र यज्ञमणि सापकोटा, एनआरएनए अभियन्ता तथा समाजसेवी नरेन्द्र वस्नेत तथा एनआरएनए जापानका सचिव विष्णु सापकोटा,  एनआरएनए जापानका कान्साई संयोजक भिमबहादूर घर्ती (अनुप), एनआरएनए जापानका कान्साईका निवर्तमान संयोजक हरिप्रसाद कंडेल र कान्साईमा रहेका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका प्रतिनिधि लगाएतको विशेष आथित्यताका साथै यथेष्ट गुल्मेलीहरुको उपस्थितिमा गुल्मेली समाज जापान कान्साईको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रम गुल्मेली समाज जापान कान्साईका तदर्थ समिति संयोजक(वर्तमान कोषाध्यक्ष) मोहन कुवरको अध्यक्षता एवम् तदर्थ समिति सदस्य ( वर्तमान सचिव)दिपक पान्डेयको सञ्चालनमा सम्पन्न भएको थियो । उपस्थित सम्पुर्ण अतिथिहरुलाई हार्दिक धन्यवाद दिदै रामकुमार पाण्डेयले शुभकामना मन्तव्य राखेका थिए।

विगत लामोसमय देखि कान्साईमा रहँदै आएका अग्रज व्यक्तित्व गुल्मेली अभिभावक साथै गुल्मेली समाज जापानका सल्लाहकार समेत रहेका तुल्सिराम खरेलले कान्साईमा विगत देखि संस्था गठन गर्ने प्रक्रिया गरेतापनि आन्तरिक कारणहरुले पुरा गर्न नसकिएको तर यसपाली कान्साईमा रहेका गुल्मेलीवासीहरुको साझा प्रयासले गर्दा गुल्मेली समाज जापान क्षेत्रीय समिति गठन गर्न सफल भएको कुरा पनि बताए । यसै अवसरमा कार्यक्रममा आगन्तुक संस्थापक अध्यक्षदेखि गुल्मेली समाज जापानको विभिन्न पदमा रहि काम गर्दै आएका व्यक्तित्व र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरुको पनि कान्साईमा  अग्रज व्यक्तित्व तथा अभिभावक तुल्सीराम खरेलको अगुवाई र संरक्षकत्वमा सौहार्दपूर्ण वातावरणमा गुल्मेली समाज गठन हुनु निकै उत्साहजनक कुरा रहेको  र सदैव सहकार्य गरि अघि बढ्ने आश्वासनको साथै समाज दिगो र अनुकरणीय बनोस् भन्ने शुभकामना मन्तव्य राखेका थिए।

गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको संयोजकत्वमा सल्लाहकार मुक्तिराम खरेल र टिकाराम खरेल समेतको निर्वाचन समितीले सर्वसम्मत र सौहार्दपूर्ण वातावरणमा गुल्मेली समाज जापान कान्साईको प्रथम अधिवेशन सम्पन्न भएको हो।

नव गठित गुल्मेली समाज जापान कान्साई कार्यसमितिको अध्यक्षमा रामकुमार पाण्डे
उपाध्यक्षहरुमा – कृष्ण रायमाझी,खिम प्रसाद खरेल
र कालिका पौडेल,सचिवमा -दिपक पाण्डे
सह-सचिवहरुमा कृष्ण गौतम,रामकृष्ण अर्याल र कृष्णराज खरेल,कोषाध्यक्षमा – मोहन कुवर
,सह- कोषाध्यक्षमा- रामकान्त खरेल र राजु खरेल
,युवा संयोजकमा अटुट क्षेत्री (कमल जि.सी ) चयन भएका छन् ।

नवगठित कार्यसमितिका सदस्यहरुमा-मधु खराल
,खगराज अर्याल,सुभास खरेल,मणी खरेल,धनिश्वर खरेल,दिप खरेल,धनपती खराल,ठाकुर चालिसे,मोहन घिमिरे,गंगा सापकोटा,लक्ष्मण पोखरेल,तुल्सी खरेल,सुनिल छन्त्याल रहेका छन् ।

कुल २५ सदस्य कार्यसमिति गठन भएको छ भने
कान्साई कार्यसमितिले थप गृहकार्य गरी बढिमा ३ जना मनोनीत र आवश्यकता अनुरुपको सदस्यता थप गरी कार्यसमिति पूर्णता दिने तयारी गरिएको नवगठित कार्यसमितिका अध्यक्ष राम कुमार पाण्डेयले बताए ।

गुल्मेलीवासी सम्पुर्णलाई यो स्वर्णिम अवसरमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष मोहन कुवरले गुल्मेली समाजको औचित्य र आगामी कार्यदिशा प्रस्तुत गर्दै कार्यक्रमको सफल समापन भएको घोषणा गरेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार