टोकियो/जापान। फुकुओकाको हिगाशी वडामा एक नेपाली विद्यार्थीलाई मदिरा सेवन गरी साइकल चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, घटना सेप्टेम्बर १३ तारिख राति करिब ११ः३० बजे फुकुओका सहरको हिगाशी वडास्थित ५५० नम्बर सडकमा भएको हो। गस्तीमा रहेका प्रहरीले दुई जना सवार साइकल रोकेर जाँच गर्दा, चालकको सास परीक्षणमा कानूनी मापदण्डभन्दा ७ गुणा बढी मदिरा सेवन गरेको प्रमाणित भयो। त्यसपछि उनलाई तत्काल पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्ति फुकुओका सहरको हाकाता वडामा बस्ने २३ वर्षका नेपाली नागरिक हुन्। अनुसन्धानमा उनले “म महोत्सवमा सहभागी भएर मदिरा पिएको हुँ, गल्ती भएको हो” भन्दै अभियोग स्वीकार गरेका छन्।

साइकलमा सँगै सवार रहेकी एक महिलामाथि पनि प्रहरीले सहयात्री अपराधको सम्भावित अभियोगबारे थप अनुसन्धान गरिरहेको छ।यो घटनाले जापानमा रहँदै आएका नेपाली विद्यार्थी र अन्य विदेशीले पनि ट्राफिक नियम तथा मदिरा सेवनसम्बन्धी कानुन कडाइका साथ पालना गर्नुपर्ने सन्देश दिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार