
टोकियो/जापान। जापानमा यस वर्षको अगस्ट महिनामा आएका विदेशी पर्यटकहरूको संख्या गत वर्षको सोही महिनाको तुलनामा १६.९ प्रतिशतले बढेर ३४ लाख पुगेको छ । यो अहिलेसम्मकै अगस्ट महिनाको उच्च रेकर्ड भएको जापान सरकारले बुधबार सार्वजनिक गरेको अनुमानमा उल्लेख गरेको छ ।
जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार, हङकङ र दक्षिण कोरियाबाट अघिल्लो महिनामा घटेको पर्यटक संख्या अगस्टमा फेरि बढेको छ । अघिल्लो महिनामा सामाजिक सञ्जालमा फैलिएको “जुलाईमा जापानमा ठूलो प्राकृतिक विपत्ति आउँछ” भन्ने हल्लाका कारण ती मुलुकहरूबाट आउने संख्यामा गिरावट आएको थियो ।
देश र क्षेत्रअनुसार हेर्दा, चीनबाट सबैभन्दा धेरै १० लाख पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ३६.५ प्रतिशतले वृद्धि हो । दक्षिण कोरियाबाट ६ लाख ६० हजार ९ सय आएका छन्, जुन ८ प्रतिशतले वृद्धि हो । ताइवानबाट भने ६ लाख २० हजार ७ सय आएका छन्, जुन १० प्रतिशतले बढेको देखिएको छ ।
हङकङबाट आउने संख्या भने अझै ८.३ प्रतिशतले घटेको छ, तर अघिल्लो महिनाको ३६.९ प्रतिशत गिरावटको तुलनामा सुधार देखिएको छ ।
यस वर्षका पहिलो आठ महिनामा जापान आएका विदेशी पर्यटकहरूको संख्या जम्मा २ करोड ८४ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १८.२ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




