ओसाका/दापान। हाल सञ्चालन भईरहेको ओसाका वर्ल्ड एक्सपो २०२५ मा निर्माण गरिएको “ग्रान्ड रिङ”लाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ठूलो काठको वास्तु संरचनाको मान्यता दिएको छ। सन् २०२५ को मार्च ४ मा यो उपाधि प्रदान गरिएको हो।

कुल ६१ हजार ३५ दशमलव ५५ वर्गमिटर क्षेत्रफल ओगट्ने रिङ आकारको यो छानाले सम्पूर्ण क्षेत्रमा छायाँ दिनुका साथै एक्सपोको मूल मन्त्र “Unity in Diversity” (विविधतामा एकता) लाई प्रतिविम्बित गर्ने उद्देश्य राखिएको छ।

यो भव्य संरचना जापानी प्रख्यात वास्तुकार केङ्गो कुमाको इन्जिनियरिङ र डिजाइनमा तयार गरिएको हो। परम्परागत काठको प्रयोगलाई आधुनिक प्रविधिसँग जोडेर वातावरणमैत्री र टिकाउ ढाँचामा बनाइएको यसलाई जापानको कला र प्रविधिको अद्वितीय प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

यसरी, हाल सञ्चालन भईरहेको ओसाका वर्ल्ड एक्सपो मा रहेको ग्रान्ड रिङ केवल संरचना मात्र नभई जापानको रचनात्मकता, विविधता र एकताको सन्देश बोकेको विश्वस्तरीय चिनारी बनेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार