टोकियो/जापान। कृषि मन्त्री शिन्जिरो कोइजुमी (४४) सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को आगामी अध्यक्ष बन्न सबैभन्दा उपयुक्त रहेको एक जनमत सर्वेक्षणले देखाएको छ। यो परिणाम बिहीबार जिजि प्रेसले सार्वजनिक गरेको हो।
पूर्व आर्थिक सुरक्षा मन्त्री साने ताकाइची (६४) दोस्रो स्थानमा रहेकी छिन्।सर्वेक्षणमा कोइजुमीलाई २३ दशमलव ८ प्रतिशत उत्तरदाताले समर्थन गरे भने ताकाइचीलाई २१ दशमलव ० प्रतिशतले समर्थन गरेका छन्। मुख्यमन्त्री तथा क्याबिनेट सचिव योशिमासा हायाशी र पूर्व पार्टी महासचिव तोशिमिचु मोतेगी समान रूपमा तेस्रो स्थानमा परे, जसलाई ५ दशमलव ९ प्रतिशत समर्थन प्राप्त भएको थियो।
गत शुक्रबारदेखि सोमबारसम्म गरिएको उक्त सर्वेक्षणमा, सन् २०२४ को सेप्टेम्बरमा भएको अघिल्लो एलडीपी अध्यक्षीय चुनावमा उम्मेदवार बनेका व्यक्तिहरूमध्ये (हालका प्रधानमन्त्री सिगेरु इशिबा बाहेक) एक जनालाई रोज्न भनिएको थियो। यो सर्वेक्षण जापानभरका १८ वर्ष वा सोभन्दा माथिका दुई हजार जनासँग प्रत्यक्ष अन्तर्वार्ता गरेर गरिएको थियो। जसमा ५८ दशमलव १ प्रतिशत उत्तरदाताले मान्य जवाफ दिएका थिए।
मूल्यवृद्धि नियन्त्रणका उपायबारे, ७३ दशमलव ८ प्रतिशत उत्तरदाताले कर कटौतीलाई समर्थन गरेका छन्। मुद्रास्फीति नियन्त्रणका लागि सबैभन्दा मनपर्ने उपाय उपभोग कर घटाउने हो भन्ने ४५ दशमलव ८ प्रतिशतको भनाइ थियो। त्यसपछि आयकर तथा आवास कर घटाउने भन्ने २८ दशमलव ० प्रतिशत उत्तरदाताको विचार थियो।
यसैबीच, १५ दशमलव ४ प्रतिशतले नगद वितरण (cash handouts) गर्नुपर्ने बताएका थिए भने ४ दशमलव ५ प्रतिशतले कुनै पनि उपाय आवश्यक छैन भनेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




