ओसाका/जापान। जापानको ओसाकामा भइरहेको विश्व प्रदर्शनी (ओसाका एक्स्पो २०२५) दिनप्रतिदिन झन् आकर्षक बन्दै गएको छ। आयोजकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बिहीबारसम्म एक्स्पोमा २ करोड ३७ हजारभन्दा बढी दर्शक पुगेका छन्। यो संख्या उद्घाटन भएको १५९ औँ दिनमै पुगेको हो, जुन आइची प्रिफेक्चरमा २००५ मा आयोजित पछिल्लो विश्व प्रदर्शनीको तुलनामा ओसाकामा थप आकर्ष देखिएको छ ।

दैनिक करिब २ लाखभन्दा बढी आगन्तुकले प्रवेश गर्नेक्रम बढिरहेको छ, जसले प्रदर्शनीस्थललाई थप चहलपहलमय बनाइरहेको छ। आयोजकहरूले यो स्तरमा दर्शक संख्याको वृद्धि आगामी दिनहरूमा पनि निरन्तर रहने अनुमान गरेका छन्।

भ्रमणमा आएका आगन्तुकहरू विभिन्न पविलियन, सांस्कृतिक प्रस्तुति, प्राविधिक प्रदर्शन र विश्वका विविध देशका विशेष उत्पादनमा आकर्षित भएका देखिन्छन्। कतिपयले लामो लाइन कुर्नुपरेको अनुभव सुनाए पनि विविधता र नवीनताको मजा लिएको बताएका छन्।

अक्टोबर १३ मा समापन हुने यो विश्व प्रदर्शनीले छोटो समयमै दर्शकको उल्लेख्य आकर्षण पाएको छ। अझै एक महिना बाँकी रहँदा दर्शकसंख्या झन् बढ्ने अनुमान गरिँदैछ, जसले ओसाका एक्स्पोलाई जापानकै इतिहासमा सर्वाधिक लोकप्रिय प्रदर्शनी बनाउने सम्भावना देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार