टोकियो/जापान। गल्कोट समाज जापानले २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। यहि २४ तारिख,बुधबार टोकियोको सिनओकुबोस्थित सोलमारी हलमा आयोजित २० औँ साधारणसभा- कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिवेदन तथा बिधानमा संसोधन प्रस्ताबमा ब्यापक छलफल गरि एक मतले पारित गर्दै भब्य रुपमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभाको संस्था का प्रमुख अतिथीको रुपमा बोल्दै समाजका संरक्षक समितीका संयोजक नर ब. थापाले समाजले जापान तथा नेपालमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै भोलीका दिनमा अझै रचनात्मक कार्यमा समाज लाग्न सुझाब समेत दिएका थिए।

जापानस्थित बिभिन्न संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीति रहेको कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक महिला संयोजक अनिता गुरुङ, बाग्लुङ समाज जापानका संरक्षक सिद्धार्थ श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, निवर्तमान अध्यक्ष निउरे लगायत संस्थाका संरक्षक तथा सल्लाहकारहरूले समाजको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखेका थिए।

साधारण सभा समारोहमा संस्थाका उपाध्यक्ष लोकेश खत्रीको स्वागत, संस्थागत बिषयमा जानकारी उपाध्यक्ष शिबु थापा राखेका थिए। कार्यक्रम समाजका महासचिव दिलीप कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार