टोकियो/जापान। जापानमा अक्टोबर महिनामा प्रयोग गरिने विद्युत्‌ शुल्कमा सरकारको अनुदान सहयोग समाप्त भएकाले औसत परिवारले करिब ५ सय येन बढी तिर्नुपर्ने भएको छ।

विद्युत्‌का ठूला १० कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार अक्टोबरमा प्रयोग हुने र नोभेम्बरमा बिल पठाइने “नियन्त्रित शुल्क” सबैमा बढ्नेछन्।

औसत प्रयोग गर्ने परिवारलाई अक्टोबरमा सेप्टेम्बरसँग तुलना गर्दा? होक्काइदो विद्युत्‌: ४ सय ६७ येन बढेर ९ हजार ३ सय ३५ येन,तोहोकु विद्युत्‌: ५ सय २० येन बढेर ८ हजार ५ सय १ येन,टोकियो विद्युत्‌: ५ सय २० येन बढेर ८ हजार ६ सय ५२ येन,चुबु विद्युत्‌: ५ सय ७ येन बढेर ८ हजार ३ सय २२ येन,होकुरिकु विद्युत्‌: ४ सय ७२ येन बढेर ७ हजार ४ सय ८५ येन,कान्साइ विद्युत्‌: ५ सय २० येन बढेर ७ हजार ७ सय ९१ येन?चुगोकु विद्युत्‌: ५ सय ३६ येन बढेर ८ हजार ८२ येन,सिकोकु विद्युत्‌: ५ सय ३३ येन बढेर ८ हजार ३ सय ११ येन,क्युसु विद्युत्‌: ५ सय ७ येन बढेर ७ हजार ४ सय ५१ येन र ओकिनावा विद्युत्‌: ५ सय ३१ येन बढेर ९ हजार ८ येनमा पुग्नेछ।

अक्टोबर महिनामा विद्युतको मात्रै नभएर ग्यासको शुल्क पनि बढ्नेछ। अक्टोबरमा प्रयोग हुने ग्यास शुल्क पनि ठूला ४ कम्पनीहरूले बढाउने भएका छन्।

ग्यासको मूल्य औसत परिवारलाई, टोकियो ग्यास: २ सय २२ येन बढेर ५ हजार ७ सय १० येन,ओसाका ग्यास: २ सय २२ येन बढेर ६ हजार २ सय ६१ येन,तोहो ग्यास: २ सय १४ येन बढेर ६ हजार ५ सय ३७ येन र सेइबु ग्यास: १ सय ७२ येन बढेर ६ हजार ४ सय ६७ येन पुग्नेछ ।

यो वृद्धि यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा लागु भएको सरकारको विद्युत्‌ र ग्यास शुल्कमा दिइने अनुदान सहयोग समाप्त हुने भएकाले देखिएको हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार