
टोकियो/जापान। जापानमा न्यूनतम ज्याला ऐतिहासिक वृद्धि गर्दै अब सबै प्रिफेक्चरमा प्रतिघण्टा १ हजार येनभन्दा माथि पुगेको छ। नयाँ व्यवस्था अक्टोबर १ तारिखदेखि क्रमशः लागू हुनेछ। न्यूनतम ज्याला भन्नाले कुनै पनि कम्पनीले आफ्ना कामदारलाई अनिवार्य रूपमा दिनैपर्ने न्यूनतम पारिश्रमिक हो। यस पटकको संशोधन अनुसार, जापानभरको औसत न्यूनतम ज्याला प्रतिघण्टा ६६ येनले बढेर १ हजार १ सय २१ येन पुगेको छ। यो सन् २००२ मा हालको प्रणाली सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हो।
यस पटकको संशोधनपछि सबैभन्दा बढी न्यूनतम तलब टोकियोमा १ हजार २ सय २६ येन पुगेको छ भने सबैभन्दा कम कोची, मियाजाकी र ओकिनावा प्रिफेक्चरमा १ हजार २३ येन रहनेछ। यसरी अब जापानका सबै प्रिफेक्चरमा पहिलो पटक न्यूनतम तलब १ हजार येनभन्दा माथि पुगेको छ।
तलब वृद्धिको दर हेर्ने हो भने यसपटक विशेषगरी ग्रामीण क्षेत्र र श्रमिक पलायन रोक्ने उद्देश्यले ठूलो वृद्धि गरिएको छ। कुमामोतो प्रिफेक्चरमा ८२ येन, ओइता प्रिफेक्चरमा ८१ येन, आकिता प्रिफेक्चरमा ८० येन, इवाते प्रिफेक्चरमा ७९ येन र फुकुसिमा, गुन्मा तथा नागासाकी प्रिफेक्चरमा ७८ येनले वृद्धि भएको छ। यसरी कुल १८ प्रिफेक्चरमा ७० येनभन्दा बढी न्यूनतम ज्याला वृद्धि भएको छ।
सामान्यतया नयाँ तलब अक्टोबरमै लागू हुने भए पनि यस पटकको ठूलो वृद्धिका कारण केही प्रिफेक्चरले कम्पनीहरूलाई तयारी गर्न अतिरिक्त समय दिएका छन्। फुकुसिमा, तोकुसिमा, कुमामोतो र ओइता प्रिफेक्चरमा नयाँ तलब आगामी वर्ष जनवरीदेखि लागू हुनेछ भने आकिता र गुन्मा प्रिफेक्चरमा मार्चदेखि लागू हुने बताइएको छ।
यो परिवर्तन बढ्दो महँगी, क्षेत्रीय तलब असमानता, र ग्रामीण क्षेत्रमा श्रमिक पलायन रोक्ने उद्देश्यले गरिएको हो। यससँगै जापानमा श्रमिकहरूको न्यूनतम जीवनस्तर सुनिश्चित गर्ने दिशामा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




