पछिल्लो समय जापानमा बढ्दो नेपालीहरुको संख्यासँगै जापानको नियमपरिधि भन्दा बाहिर रहेर नेपालीहरुबाट विभिन्न किसिमका अनैतिक घटनाहरु दिनप्रतिदिन बढिरहेका छन। यतिबेला पनि नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिदै गर्दा हामीले सार्वजनिक रुपमा भेला भएर गरिने
कार्यक्रमहरुमा पनि ध्यान दिन जरुरी देखिन्छ।विशेषगरी जापानमा बढ्दै गएका विभिन्न किसिमका सामाजिक संघसंस्थाहरुले यस्ता पर्वको अबसरमा खुल्ला ठाउँमा सामुहिक भेला कार्यक्रमहरु गरेर नाचगान गरि रमाइलो गर्ने भएकोले सकेसम्म कुनै हल वा रेस्टुरेन्ट भित्रै कार्यक्रम गरि जापानी समुदायलाई कुनै असर नपर्ने गरी कार्यक्रम आयोजना गर्न जरुरी देखिन्छ।
पछिल्लो समय जापानी मिडियाहरुमा पनि नेपालको दशैँ तिहारको बारेमा समाचारहरु आइरहने हुँदा जापानी समुदाय केहि हदसम्म परिचित भएतापनि निदारमा चामलको रातो टिका र कानमा जमरा राखेर हिड्दा केहि अचम्मित भने पर्न सक्छन।त्यसैले पनि ठुलो ग्रुपमा ट्रेनमा यात्रा गर्दा, पार्कहरुमा फोटो खिच्दा होस या कार्यक्रमहरु गर्दा अबका दिनमा भने हामी नेपालीहरु निकै सचेत भएर अघि बढ्न जरुरी देखिन्छ।
हालै एनआरएनए जापानको निर्वाचन पछि सिनओकुबुमा देखिएको विजय जुलुसको र्याली , तीजको अवसरमा खुल्ला ठाँउमा गरिएका कार्यक्रमहरु देखि जापानको विभिन्न शहरहरुमा जेनजी आन्दोलन पछि शोक सभामा देखिएका नेपालीहरुको भीडभाड लगाएत अन्य विभिन्न अवसर पारेर गरिने कार्यक्रमहरुले सकारात्मक भन्दा पनि नकारात्मक असरको सन्देश बढि दिदै गएकोले हामी नेपालीहरु बेलैमा सचेत हुन जरुरी देखिन्छ।
विभिन्न राजनीति दलको समर्थन तथा विरोधमा याली प्रर्दशन
पछिल्लो समय जापानमा नेपालमा भएका राजनीतिक घटनाका आधारमा समर्थन तथा विरोधको र्यालि जुलुस गरेको पनि देखिन्छ , हामीले विदेशमा रहँदै गर्दा यस्ता किसिमका कार्यक्रम गर्न सान्द्रभिक छ, छैन सोच्नुपर्ने विषय भएको छ्। विभिन्न राजनीतिक दलप्रति आस्था राखेपनि हामीले गरेका यस्ता कार्यहरुले कतै हामी नेपालीहरु र नेपालको संस्कृतिलाई नै खिल्लि त उडाउने होइन भनेर गम्भीर रुपमा सोच्न जरुरी देखिन्छ।हामी सबैका आ–आफ्नै सपना र पारिवारिक जिम्मेवारी रहेको हुन्छ। त्यसैले हामी यहाँ रहँदा सम्म एक सचेत नागरिकको तर्फबाट आफ्नो जिम्मेवारी पुरा गर्न सकियो भने नयाँ आउने भाईबहिनीहरुलाई पनि सहज हुन्छ।
जापानमा रहेका विभिन्न पेसा तथा व्यवसायमा आवद्द रहेका व्यक्तिहरु एकआपसमा सहयोगको भावना बोकेर अघि बढ्न सकियो भने सबैलाई सहज हुनुको साथै सकारात्मक सन्देश पनि प्रदान गर्न सकिन्छ ।
अन्त्यमा, पछिल्लो जापानी समुदायमा विदेशीहरु प्रति हेर्ने नजर र व्यवहार केहि फरक हुँदै गर्दा अहिले नेपालीहरु प्रति मात्रै सोच्ने सोच पनि फरक हुँदै गएको देखिन्छ्। देशमा घटेका विभिन्न राजनीतिक घटना, नेपालीहरुबाट जापान मै घट्ने विभिन्न अपराधिक तथा अनैतिक क्रियाकलापहरुले गर्दा पनि हामी नेपालीहरुलाई नै नेपाली हुँ भनेर लज्जित हुने अवस्था आइसकेको छ त्यसैले हामी नेपालीहरु बेलैमा सचेत हुन जरुरी देखिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




