टोकियो,जापान। शिक्षा मन्त्रालयको सर्वेक्षणअनुसार सन् २०२४ मे महिनासम्म जापानमा प्राथमिक र जुनियर हाइस्कूल उमेरका करिब ८ हजार ४३२ जना विदेशी बालबालिका विद्यालयमा पढिरहेका छैनन् वा नपढेको हुनसक्ने देखिएको छ। यो अघिल्लो वर्षको सर्वेक्षणभन्दा १६९ ले कम हो।
जापानमा प्राथमिक वा जुनियर हाइस्कूलमा पढ्ने अधिकार पाउने गरी दर्ता भएका विदेशी बालबालिकाको कुल संख्या १ लाख ६३ हजार ३५८ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा १२ हजार ६६३ ले बढेको हो।त्यसमध्ये १ लाख १४ हजार ७९२ जना प्राथमिक तहका र ४८ हजार ५६६ जना जुनियर हाइस्कूलका विद्यार्थी छन्। यी दुवैमा क्रमशः ८ हजार २५२ र ४ हजार ४११ को वृद्धि भएको हो।
यो सर्वेक्षण देशभरका १,७४१ वटा नगरपालिकाका शिक्षा समितिहरूमा गरिएको थियो। पहिलोपटक सन् २०१९ मा गरिएको सर्वेक्षणमा करिब २० हजार विदेशी बालबालिकालाई विद्यालय नपढेको वा कतै पनि नपढेको हुनसक्ने देखाइएको थियो। त्यसयता प्रत्येक नगरपालिकाको शिक्षा समितिहरूले अवस्थालाई बुझ्दै गएपछि यो संख्या २०२२ यता करिब ८ हजार वरिपरि देखिँदै आएको छ।
मन्त्रालयले यसपटक देखिएको संख्यामा कमी आउनु स्थानीय निकायहरूले विद्यालयमा उपस्थितिको अवस्थाबारे जानकारी लिनु र अध्ययन गर्ने अवसर सुनिश्चित गर्ने जानकारी फैलाउने प्रयासको परिणाम हो भन्ने विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




