टोकियो,जापान। जापानको बेरोजगारी दर अगस्ट महिनामा बढेर एक वर्षभन्दा बढीको उच्चतम स्तरमा पुगेको छ । पछिल्ला डेटाहरुले श्रम बजार केही शिथिल बन्दै गएको संकेत दिएको छ। यसबीच यसै महिना बैंक अफ जापानले ब्याजदर वृद्धि गर्ने अड्कल पनि बजारमा बलियो बनेको छ।

गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, बेरोजगारी दर जुलाईको २.३ प्रतिशत बाट बढेर अगस्टमा २.६ प्रतिशत पुगेको हो। यो दर अर्थशास्त्रीहरूको औसत अनुमान २.४ प्रतिशत भन्दा बढी रह्यो। त्यस्तै, श्रम मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्याङ्क अनुसार रोजगारी–आवेदन अनुपात पनि १.२२ बाट घटेर १.२० मा झरेको छ, जुन सन् २०२२ यताकै न्यून हो।

अर्थशास्त्रीहरुका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका नयाँ शुल्कले खासगरी पार्ट-टाइम रोजगारीमा कमी ल्याएको छ र अहिले स्थायी रोजगारी समेत प्रभावित हुन थालेको छ।तर, दीर्घकालीन रूपमा जापानमा श्रमिक अभावकै कारण कम्पनीहरूले मजदुर आकर्षित गर्न तलब बढाइरहनु परेको छ। यसले मजदुरी वृद्धिलाई स्थायित्व दिएको छ, जुन बैंक अफ जापानको मौद्रिक नीतिलाई क्रमिक रूपमा कडाइतर्फ लैजाने मुख्य आधार बनेको छ।

न्यूनतम तलब र दिवालिया हुने कम्पनीहरू
जापानमा न्यूनतम तलब पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ। तर यसले बजारको प्राकृतिक दरभन्दा बढी मजदुरी बढाउने दबाब सिर्जना गरेको छ । जसले श्रमिकको कमीका कारण यस वर्ष जनवरीदेखि अगस्टसम्म मात्रै २३७ कम्पनीले दिवालिया घोषणा गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २२ प्रतिशत बढी हो।

विदेशी श्रमिक र राजनीतिक बहस
श्रम अभाव पूर्ति गर्न जापानमा विदेशी श्रमिकको उपस्थिति उल्लेख्य रूपमा बढिरहेको छ। गत वर्ष अक्टोबरसम्म जापानमा २३ लाख विदेशी श्रमिक कार्यरत थिए, जुन अहिलेसम्मकै उच्च हो।तर, विदेशी श्रमिक र बढ्दो पर्यटकसंख्या राजनीतिक बहसको विषय बनेको छ। सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी को नेतृत्व चुनावमा सहभागी सबै पाँचै उम्मेदवारहरुले विदेशी श्रमिकसम्बन्धी नियम कडाइ गर्ने पक्षमा छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार