टोकियो,जापान। जापानको मौसम विभागका अनुसार, ५ तारिखको बिहान उत्पन्न भएको ताईफु नम्बर २२ अहिले जापानको ओगासावारा टापुहरू नजिकको समुद्री क्षेत्र हुँदै पश्चिमतिर सर्दै गएको छ । यस क्षेत्रका बासिन्दाहरूलाई शक्तिशाली हावा, उच्च छाल र आकस्मिक मुसलधारे वर्षा प्रति विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

मौसम विभागले जनाएको अनुसार, ५ तारिख साँझ ६ बजेसम्म ताईफुको केन्द्र ओगासावारा टापु समूहको चिचिजिमा टापुबाट करिब ३०० किलोमिटर दक्षिणतर्फ समुद्रमा अवस्थित थियो र पश्चिम-दक्षिणपश्चिम दिशातर्फ बिस्तारै अघि बढिरहेको थियो ।

ताईफुको केन्द्रिय वायुचाप १००० हेक्टोपास्कल, अधिकतम स्थायी हावाको गति १८ मिटर प्रति सेकेन्ड, र अधिकतम क्षणिक हावा २५ मिटर प्रति सेकेन्ड रहेको छ । साथै, केन्द्रको उत्तरपूर्वी २८० किलोमिटर र दक्षिणपश्चिमी २२० किलोमिटर भित्रका क्षेत्रमा १५ मिटर प्रति सेकेन्डभन्दा बढी गतिका प्रबल हावा चलिरहेका छन् ।

ओगासावारा क्षेत्रमा ६ तारिखसम्म हावा र वर्षा तीव्र हुने सम्भावना छ भने, समुद्रमा ७ तारिखसम्म ठूला छाल कारण जोखिमपूर्ण अवस्था रहिरहने अनुमान गरिएको छ ।

ताईफु २२ अहिले पश्चिमतर्फ अघि बढ्दै गएको भए पनि, यसले विस्तारै उत्तरतर्फ दिशा परिवर्तन गर्ने सम्भावना रहेको बताइएको छ । यद्यपि, हालको अनुमानमा अझै परिवर्तन हुनसक्ने भएकाले नवीनतम मौसम विवरण र सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार