टोकियो,जापान। इबाराकी प्रिफेक्चरको हिताचिनाका सहरमा रहेको प्रसिद्ध हिताची सिसाइड पार्क अहिले कोचियाको आकर्षक रङमा ढाकिएको छ। हिउँदअघि हरेक वर्ष अक्टोबर महिनामा यो पार्क हजारौँ पर्यटकले भरिन्छ, जब हरियो कोचिया बोटहरू रातो र सुन्तला रङमा परिणत हुँदै समुद्र किनारको डाँडामा फैलिन्छन्।

यो दृश्यलाई “फायरी कोचिया” पनि भनिन्छ, जसले शरद ऋतुको आगमनको संकेत गर्छ। अहिले (अक्टोबरको दोस्रो हप्ता) कोचिया बोटहरू क्रमशः हरियोबाट रातो हुँदै पूर्ण सुर्खा रंगमा परिवर्तन भइरहेको चरणमा छन्। मौसम हल्का चिसिँदै गएको छ र खुला आकाशका साथ दृश्य अझ मनमोहक देखिन्छ।

हिताची सिसाइड पार्क पुग्न JR काचुता स्टेशन बाट बस वा साइकलमार्फत सजिलै पुग्न सकिन्छ।
शरद ऋतुको यस रमाइलो रंगीन दृश्य हेर्नका लागि अहिले नै भ्रमण गर्न उत्तम समय मानिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार