टोकियो,जापान। नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्षझैँ यस वर्ष पनि टोकियोमा सामूहिक म्हँ: पूजा तथा नेपाल संवत् ११४६ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
यस वर्षको कार्यक्रम अक्टोबर २५ तारिख (शनिबार) टोकियोको कितासुना स्थित दान्ची हलमा आयोजना गरिनेछ।म्हँ: पूजाको महत्वका बारेमा संस्थाका अध्यक्ष रूपेश डंगोलले जानकारी दिँदै भन्नुभयो —“नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। ती विविध संस्कृतिमध्ये नेवाः समुदायको स्वन्ति (तिहार) अथवा म्हँ: पूजा एक महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
म्हँ: पूजा अर्थात् आफ्नै शरीरको पूजन गर्ने संस्कार हो, जसले शरीर शुद्ध रहोस्, रोगव्याधि नलागोस्, र लागेको रोग पनि निको होस् भन्ने कामना गरिन्छ।”यस कार्यक्रममा नेवार समुदायका साथै अन्य जाति तथा समुदायका व्यक्तिहरूले पनि सहभागिता जनाउन सक्नेछन्। नेवाः परम्परा, कला, संस्कृति तथा खानामा रुचि राख्ने इच्छुक व्यक्तिहरूले आयोजक संस्थासँग सम्पर्क गर्न सक्नेछन्।
म्हँ: पूजामा सहभागी हुन इच्छुक व्यक्तिहरूले पहिल्यै सम्पर्क गरी आफ्नो नाम दर्ता गराउनु पर्नेछ।म्हँ: पूजाका लागि प्रत्येक सहभागीको लागि मण्डप तयार गर्नुपर्ने भएकाले, सहभागी संख्या अग्रिम रूपमा निश्चित गर्न आवश्यक रहेको संस्थाले जनाएको छ।
अग्रिम सम्पर्क नगरेका सहभागीहरूका लागि मण्डप व्यवस्था गर्न कठिनाइ हुने भएकाले, इच्छुक सबैलाई नाम दर्ता गराउन संस्थाका महासचिव शिव तण्डुकारले अनुरोध गर्नुभएको छ।सहभागिताका लागि नाम दर्ता गर्न तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि संस्थाका प्रतिनिधिसँग सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नंः- ०८०-६५५५-६६६७ / ०७०-१२११-१५०२ / ०८०-४३२३-३२०१ / ०८०-५०१५-८९३९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




