टोकियो,जापान। जापानमा बसोबास गर्ने वैध विदेशी नागरिकहरूको संख्या इतिहासकै उच्च स्तरमा पुगेको छ। जापानको अध्यागमन एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जुन महिनाको अन्त्यसम्म जापानमा ३९ लाख ५६ हजार ६ सय १९ जना विदेशी नागरिकहरु वैधानिकरुपमा बसोबास गरिरहेका छन्। यो संख्या गत वर्षको अन्त्यको तुलनामा ५ प्रतिशत (१ लाख ८७ हजार) ले बढेको हो।
यो वृद्धिसँगै जापानमा विदेशी कामदारको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। सन २०१९ मा सुरु गरिएको “विशेष दक्ष कामदार (Specified Skilled Worker)” भिसा श्रेणी अन्तर्गत बसोबास गर्नेहरूको संख्या १८.२ प्रतिशतले बढेर ३ लाख ३६ हजार १ सय ९६ पुगेको छ। तीमध्ये ३ हजार ७३ जना ले उच्च श्रेणी (नम्बर २)को भिसा लिएका छन्।
आवासीय स्थिति अनुसार स्थायी आवास अनुमती प्राप्त गर्ने विदेशीहरूको संख्या ९ लाख ३२ हजार ९० पुगेको छ। त्यसपछि इन्जिनियर, मानविकी विशेषज्ञ र अन्तर्राष्ट्रिय सेवा (Engineers, Specialists in Humanities & International Services) अन्तर्गतका व्यक्तिहरू ४ लाख ५८ हजार १०९ पुगेका छन्, जसमा अनुवादक र अन्य सीपमूलक पेशा समावेश रहेका छन्।
तेस्रो ठूलो समूह भने जापानको प्राविधिक प्रशिक्षार्थी अन्तर्गतका ४ लाख ४९ हजार ४३२ जना रहेका छन्। यो संख्या भने १.६ प्रतिशत घटेको छ। यो कार्यक्रम सन २०२७ अप्रिलमा समाप्त गर्ने तयारीमा सरकारले काम गरिरहेको छ।
जापानमा रहेका विदेशीहरूमा चिनियाँ नागरिक सबैभन्दा धेरै छन्। त्यसपछि भियतनामी र दक्षिण कोरियालीहरू छन्। तर म्यान्मारका नागरिक १९.२ प्रतिशत र नेपालका नागरिक १७.२ प्रतिशत ले बढेका छन्। यी दुवै देशका नागरिक अहिले जापानका शीर्ष १० विदेशी समुदायहरूमा पर्छन्।
यता जुलाई १ सम्म जापानमा अवैध रूपमा बसोबास गर्ने विदेशीहरूको संख्या ७१ हजार २ सय २९ रहेको छ, जुन ६ महिनाअघि भन्दा ४.९ प्रतिशतले घटेको हो। अवैध बसोबासकर्तामध्ये भियतनामीहरू १३ हजार ७० जना, थाइल्यान्डका १० हजार ९ सय २४ जना र दक्षिण कोरियाली १० हजार २ सय ८६ जना रहेका छन्।
विश्लेषकहरूका अनुसार, यो तथ्यांकले जापानमा श्रमशक्ति अभावका कारण विदेशी कामदारप्रति बढ्दो निर्भरता झल्काउँछ, जसले देशको आर्थिक गतिविधिमा विदेशी समुदायको भूमिका अझ मजबुत बनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




