टोकियो/जापान । धादिङ समाज जापानले आउँदो नोभेम्बर ३० तारिख आइतबारको दिन टोकियोको इकेबुकुरो,नागोया तथा ओसाकामा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

समाजका अध्यक्ष बिमल श्रेष्ठका अनुसार,जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ! भन्ने मान्यतालाई आत्मसात गरि जापान रेडक्रससंग समन्वय गरि उक्त कार्यक्रम गर्न लागिएको हो ।

समाजका महासचिव सुशान्त बानियाँका अनुसार मानव जिवनमा अत्यावश्यक रगत व्यवस्थापनमा सहजिकरण गरि मानव सेवामा केहि सहयोग गर्ने उदेश्य सहित वृहत रक्तदान कार्यक्रममा आयोजना गर्न लागिएको हो ।

आयोजक संस्था धादिङ समाज जापानले दिएको जानकारी अनुसार – १६ वर्ष पुगेको ७० वर्ष नकाटेको,कुनै बिरामी परेर पछिल्लो ३ महिना देखि लगातार कुनै औषधि सेवन नगरेको, कुनै बिरामी मानिसबाट रगत लिइ आफ्नो शरिरमा नराखेको, ट्याटु कम्तिमा १ वर्ष पहिले खोपिएको, महिलाको हकमा महिनावारीको अवस्थामा औषधि सेवन नगरेको, गर्भवती नभएका सबै व्यक्तिहरुले सहभागीता जनाउन सकिने छ ।

यस पटक धादिङ समाज जापानले,केन्द्रीय समितिले टोकियोमा आयोजना गरेकै दिन नागोया तथा ओसाका क्षेत्रीय समितिले पनि रक्तदान कार्यक्रम आयोजन गरि जापानका बृहत क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।

टोकियोः

मिति -२०२५/११/३० तारिख आईतबार
स्थान-ईकेबुकुरो हिगासी गुची एकी माय
समयः१०ः३० देखि १५ः३० बजेसम्म

नागोयाः
मितिः२०२५/११/३० आईताबर
स्थानः शिराकावा साकाए ग्यास बिल्डिङ
समयः११ः३० देखि १५ः३० बजेसम्म

ओसाकाः
मिति -२०२५/११/३० तारिख आईतबार
स्थानः ओसाका

कार्यक्रमको बारेमा बिस्तृत बिबरणको लागि समाजका अध्यक्ष लगायतका पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार