टोकियो,जापान। नेपाल मगर संघ, जापान केन्द्रीय समितिको २२औँ महाधिवेशन शनिबार (अक्टोबर ११) टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनबाट भिक्टर ठाडा मगर अध्यक्ष र सागर थापा मगर महासचिवमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

औपचारिक कार्यक्रमको उद्घाटन नेपाल मगर संघ, नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरले प्रथम सहिद लखन थापाको फोटोमा माल्यार्पण गर्दै गरेका थिए। कार्यक्रम निवर्तमान अध्यक्ष रामहरि खपाङ्गी मगरको सभापतित्वमा, वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश रोका मगरको स्वागत मन्तव्य र महासचिव भिक्टर थापा मगरको सञ्चालनमा सम्पन्न भयो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रित राना मगर, उपाध्यक्ष लोकबहादुर रोका मगर, भिम श्रीस मगर, रमेश राना मगर, माया थापा मगर, दिल पुर्जा मगर, हेम सुर्यवंशी मगर र नरेन्द्र थापा मगर रहेका छन्। सचिवको जिम्मेवारी कमल पुन मगर र दिपेन्द्र बलाल मगरले सम्हालेका छन् भने कोषाध्यक्ष ढक प्रसाद जुग्जाली मगर र सहकोषाध्यक्ष रमा राना मगर निर्वाचित भएका छन्।

संघका सदस्यहरूमा सगुन सुर्यवंशी मगर, विकास फगामी मगर, श्रीस बुढाथोकी कान्ता मगर, मिना पुन मगर (माया), सेवक सारु मगर, मनिता राना मगर, ज्ञानसिंङ काउचा मगर, अन्जन थापा मगर र लक्ष्मी अर्गेजा मगर रहेका छन्।

कार्यक्रममा बोल्दै जापानका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आगामी कार्यकालमा नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार