टोकियो,जापान।  गल्कोट समाज जापानले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नयाँ वर्ष–२०२६ को अवसरमा “जीवन उपयोगी शिक्षा, स्वास्थ्यमा लगानी” भन्ने मूल नारासहित भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

गल्कोट समाज जापानका महासचिव दिलीप कंडेलका अनुसार यस कार्यक्रममार्फत समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने, समाजसेवाको भावना सुदृढ बनाउने तथा नयाँ वर्षलाई एकता र उत्सवको भावनासहित स्वागत गर्ने लक्ष्य लिएको छ।कार्यक्रमको सफल आयोजनाका लागि विभिन्न उप–समितिहरू गठन गरिएको छ, जसमा निम्न जिम्मेवारी तोकिएका छन् —मूल कार्यक्रम संयोजक: दिलबहादुर थापा (रामु) ओसाका क्षेत्रीय समन्वय संयोजक: नारायण थापा नागोया क्षेत्रीय समन्वय संयोजक: राम थापा (काजी) टोकियो क्षेत्रीय समन्वय संयोजक: डिला गैरे,सांस्कृतिक संयोजक: लोकेश खत्री,आर्थिक संयोजक: कोषाध्यक्ष महेन्द्र साहनी ,प्रचार–प्रसार संयोजक: महासचिव दिलिप कंडेल रहेका छन् ।

कार्यक्रमहरू जापानका विभिन्न सहरहरूमा तलका मितिहरूमा आयोजना गरिनेछन् -२०२५ डिसेम्बर ३१ – ओसाका,२०२६ जनवरी १ – नागोया,२०२६ जनवरी २ – टोकियो
यस अवसरमा गल्कोट समाज जापानले जापानभर रहेका सम्पूर्ण नेपाली संघ–संस्था, क्लब, क्षेत्रीय समाज तथा संगठनहरूलाई सो मितिहरूमा आफ्ना कार्यक्रमहरू नजुधाइदिन हार्दिक अनुरोध गरेको छ। साथै, कार्यक्रमलाई सफल बनाउन सबैको सक्रिय सहयोग, सहभागिता र समर्थनको अपेक्षा पनि गरिएको छ।

नयाँ वर्ष–२०२६ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा एकता, सद्भाव र सकारात्मक ऊर्जाको प्रसार होस् भन्ने शुभकामना समाजले व्यक्त गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार