टोकियो/जापान। अक्टोबर १२ सम्मको एक सातामा जापानभरका अस्पतालहरूले पठाएको विवरणअनुसार इन्फ्लुएन्जा (फ्लू) संक्रमितहरूको संख्या अघिल्लो साताको तुलनामा झन्डै एक दशमलव पाँच गुणा बढेको पाइएको छ।
राष्ट्रिय स्वास्थ्य संकट व्यवस्थापन संस्थाका अनुसार देशभरका करिब ३,००० भन्दा बढी स्वास्थ्य संस्थाबाट एक हप्तामा जम्मा ९,०७४ जना संक्रमितको विवरण प्राप्त भएको हो, जुन अघिल्लो साताको तुलनामा करिब १.५ गुणा बढी हो। औसतमा एक स्वास्थ्य संस्थामा २.३६ जना संक्रमित पाइएको छ, जसमा अघिल्लो साताबाट ०.८ जनाको वृद्धि भएको देखिएको छ।
प्रिफेक्चरगत रूपमा हेर्दा, ओकिनावा प्रिफेक्चरमा १४.३८ जना, टोकियोमा ४.७६ जना, कानागावा ४.२१ जना, चिबा ४.२ जना, सैतामा ३.९२ जना, र मियाजाकीमा ३.२१ जना संक्रमित पाइएको छ।
कुल ३१ प्रिफेक्चरमा औसत संक्रमित संख्या “१” भन्दा माथि पुगेको छ भने, ४४ प्रिफेक्चरमा अघिल्लो साताको तुलनामा वृद्धि भएको देखिएको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले नियमित हात धुने, सही रूपमा मास्क लगाउने र आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउने सल्लाह दिएको छ। साथै, संक्रमण फैलिन नदिनका लागि इन्फ्लुएन्जा खोप लगाउनेबारे पनि विचार गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




