प्रतीकात्मक तस्वीरःएआई

सेन्दाई जापान।
जापानको सेन्दाई सहरमा बसोबास गर्ने ७० वर्षकी एक महिलालाई नक्कली प्रहरी अधिकारी बनेर एक व्यक्तिले करिब ३५ करोड येन बराबरको सुनका ढिक्का (१८.६ किलोग्राम) र करिब १ करोड येन नगद ठगी गरेको घटना बाहिर आएको छ। यो घटनालाई प्रहरीले विशेष ठगीको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, यो वर्ष जुलाई महिनामा ती महिलाको घरमा एनटिटि कम्पनीको नाममा स्वचालित फोन आएको थियो। उक्त निर्देशनअनुसार नम्बर थिचेपछि फोन टोकियो र महानगरीय प्रहरीका रूपमा अभिनय गर्ने एक पुरुषसँग जोडियो।

उक्त पुरुषले महिलालाई भनेका थिए, “तपाईंको नाममा दर्ता भएको मोबाइल अपराधमा प्रयोग भएको छ। अपराधमा संलग्नता छैन भन्ने प्रमाणका लागि तपाईंको सम्पत्ति अस्थायी रूपमा प्रहरीमा राख्नुपर्छ।”

त्यसपछि महिलाले निर्देशनअनुसार सुन खरिद गरिन् र १८.६ किलो सुन अक्टोबर महिनासम्म ८ पटकमा सहरका विभिन्न स्टेशनका कोइन–लकर्समा राखिन्।त्यसका साथै, उनले करिब १ करोड येन नगद निर्दिष्ट गरिएको बैंक खातामा पठाइन्।

प्रहरीले अर्को ठगी मामिलाको अनुसन्धानका क्रममा यो ठूलो घटनाको खुलासा गरेको हो। अहिले प्रहरीले यसलाई विशेष ठगी घटना मानेर विस्तृत अनुसन्धान गरिरहेको छ र नागरिकहरूलाई चेतावनी दिँदै भनेको छ – “प्रहरी, बैंक वा अन्य संस्थाको नाममा आउने शंकास्पद फोन वा सन्देशबाट सजग रहनुहोस्।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार