टोकियो, जापान। नयाँ सरकार गठन भएपछि बैंक अफ जापानको आगामी बैठकमा थप ब्याजदर वृद्धि गर्ने सम्भावना कम रहेको अनुमानसँगै २३ तारिख बिहीबार टोकियोको विदेशी विनिमय बजारमा जापानी येनको मूल्य घटेको छ। बजारमा लगानीकर्ताहरूले येन बेचेर अमेरिकी डलर किन्ने गतिविधि तीव्र बनाएपछि येन कमजोर भएको हो।
साँझ ५ बजेको अवस्थाअनुसार, १ डलर बराबर १५. ४९ येनमा कारोबार भएको जापानी बजार सूचनामा जनाइएको छ। अघिल्लो दिनको तुलनामा येन ०.६७ येनले कमजोर भएको हो। युरोको तुलनामा पनि जापानी मुद्रा घट्दै १ युरो बराबर १७६.८८ येनमा कारोबार भयो।
बजार विश्लेषकहरूका अनुसार नयाँ सरकार गठन भइसकेको अवस्थामा बैंक अफ जापानले प्रधानमन्त्री सानाए ताकाइचीसँग प्रत्यक्ष संवादका लागि समय नपाएको कारण आगामी हप्ताको बैठकमा थप ब्याजदर वृद्धि गर्ने निर्णय लिन कठिन देखिन्छ। यही कारण बजारमा हालको अवस्थामा ब्याजदर स्थिर रहने सम्भावना बढी रहेको धारणा फैलिएको हो।
यसले विदेशी मुद्रा बजारमा जापानी येन बेच्ने र अमेरिकी डलर तथा युरो किन्ने प्रवृत्ति बढाएको छ, जसको प्रभाव विश्वका प्रमुख विनिमय बजारहरूमा पनि देखिन थालेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




