प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानको शिक्षा मन्त्रालयद्वारा सार्वजनिक गरिएको सर्वेक्षणअनुसार सन् २०२४ मार्चमा समाप्त भएको आर्थिक वर्षमा विद्यालय जान अस्वीकार गर्ने प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरूको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै ३ लाख ५३ हजार ९७० पुगेको छ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०२३ मा रहेको ३ लाख ४६ हजार ४८२ भन्दा बढि हो। लगातार १२ वर्षदेखि विद्यालय जान नमान्ने विद्यार्थीहरूको संख्या वृद्धि हुँदै आएको मन्त्रालयले जनाएको छ।

शिक्षा अधिकारीहरूका अनुसार विद्यार्थीहरूले विद्यालय जान नचाहनुको कारणमा बुलिङ (इजिमे), अत्यधिक अध्ययन दबाब र मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू प्रमुख रहेका छन्। मन्त्रालयले स्थानीय विद्यालयहरूलाई परामर्श र सहयोग प्रणाली अझ प्रभावकारी बनाउन निर्देशन दिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार