
टोकियो,जापान। जापानमा पछिल्ला वर्षहरूमा अत्यधिक मद्यपानबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना बढ्दै गए पनि महिलाहरूका लागि यो अझ खतरनाक सावित हुने एक अध्ययनले देखाएको छ। विशेषज्ञहरूका अनुसार महिलाहरूले पुरुषसरह मात्रामा मद्यपान गरेमा छिट्टै कलेजो सिरोसिसजस्ता गम्भीर रोगहरू विकसित हुन सक्छन्।
एनएलआई अनुसन्धान संस्थानकी वरिष्ठ अनुसन्धानकर्ता युको मुरामाचुले स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सन् २०२३ मा गरेको “राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण” का आधारमा तयार पारेको प्रतिवेदनअनुसार, उच्च जोखिम मानिने दैनिक ‘शुद्ध अल्कोहल’ मात्रा पुरुषका लागि ४० ग्राम र महिलाका लागि २० ग्रामभन्दा बढी हो।
उदाहरणका रूपमा, ५% अल्कोहल भएको ३५० मिलिलिटर बियरको एउटा क्यानमा १४ ग्राम शुद्ध अल्कोहल हुन्छ। त्यसअनुसार पुरुषका लागि करिब २.८ क्यान र महिलाका लागि १.४ क्यानभन्दा बढी सेवन गर्नु स्वास्थ्यका लागि खतरनाक मानिन्छ।
जापानका केही अल्कोहल उत्पादक कम्पनीहरूले हाल आफ्ना उत्पादनमा शुद्ध अल्कोहलको मात्रा स्पष्ट रूपमा उल्लेख गर्न थालेका छन्। सर्वेक्षणअनुसार उच्च जोखिम स्तरमा मद्यपान गर्ने जनसंख्या पुरुषमा १४.१% र महिलामा ९.५% रहेको छ। सन् २०१० पछि पुरुषमा यो दर स्थिर रहे पनि महिलामा भने क्रमशः बढ्दो प्रवृत्ति देखिएको छ।
उमेर समूहका हिसाबले हेर्दा, पुरुषमा ४० दशकका व्यक्तिहरूमा (२३.६%) यो दर सबैभन्दा बढी छ भने महिलामा ४० दशकमा १३.५% र ५० दशकमा १४.६% पुगेको छ।
मुरामाचुका अनुसार, परम्परागत रूपमा जापानी महिलामा मद्यपानको दर कम भएकाले यो समस्या प्रायः बेवास्ता गरिएको थियो। अहिले आएर मात्रै महिलाको मद्यपान सम्बन्धी सचेतना कार्यक्रमहरू सुरु भएका छन्, तर अझै पनि धेरै महिलाले आफू अत्यधिक पिउँदैछु भन्ने महसुस गर्न सकेका छैनन्।
स्वास्थ्य मन्त्रालयका अनुसार महिलाको शरीरमा पानीको मात्रा पुरुषभन्दा कम हुन्छ र तिनीहरूको शरीरले अल्कोहल पचाउने क्षमता पनि कम हुन्छ। साथै, महिला हर्मोनले पनि अल्कोहलको असरलाई बढी संवेदनशील बनाउँछ। केही महिलामा कम मात्राको मद्यपानले समेत छोटो समयमा कलेजो सिरोसिस विकास गरेको उदाहरणहरू पाइएका छन्। त्यसैले महिलाका लागि सुरक्षित दैनिक अल्कोहलको मात्रा पुरुषको तुलनामा आधा मात्र राखिएको हो।
हाल जापानमा कार्यरत महिलाहरूको संख्या बढ्दै जाँदा सामाजिक तथा व्यावसायिक परिवेशमा मद्यपानका अवसरहरू पनि बढेका छन्। कतिपय महिलाहरू पुरुषसरह पिउँदै जाने प्रवृत्तिमा छन्, जसले दीर्घकालीन स्वास्थ्य जोखिम निम्त्याउन सक्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




