टोकियो,जापान। सामान्य स्वास्थ्य बीमा कार्ड आगामी डिसेम्बर २ देखि जापानभरका अस्पताल तथा चिकित्सक सेवामा मान्य हुने छैनन्, किनकि सरकारले स्वास्थ्य बीमालाई पूर्ण रूपमा माई नम्बर कार्डसंग एकीकृत गर्ने निर्णय गरेको छ।यहाँ यस परिवर्तनसँग सम्बन्धित मुख्य जानकारी सरल भाषामा प्रस्तुत गरिएको छ।

डिसेम्बर २ बाट के हुन्छ?
सन् २०२४ डिसेम्बरमा सरकारले पुराना स्वास्थ्य बीमा कार्ड जारी गर्न बन्द गरिसकेको थियो, जसलाई एक वर्षको संक्रमणकाल (transition period) दिइएको थियो। यो अवधि डिसेम्बर २ मा समाप्त हुँदैछ। यस पछि सैद्धान्तिक रूपमा, पुराना इन्श्योरेन्स कार्ड अवैध हुनेछन्।तर,यदि कुनै स्वास्थ्य संस्था (hospital/clinic) ले तपाईंको बीमा स्थिति पुष्टि गर्न सक्छ भने,सन २०२६ को मार्चसम्म पुरानो कार्ड देखाएर पनि पहिलेकै बीमा दरमा उपचार पाउन सकिनेछ।

यदि मेरो माइनम्बर कार्ड छैन भने? के म बीमा सुविधा गुमाउँछु?होइन,यदि तपाईंको माईनम्बर कार्ड छैन भने, तपाईंको बीमा कम्पनीले तपाईंलाई सिकाकुखाकुनिन्स्यो “資格確認書”नामक बीमा प्रमाणपत्र डिसेम्बर २ सम्म हूलाकमार्फत पठाउँछ। सायद तपाई समक्ष यो पहिलेनै आईसकेको हुनुपर्छ। यो निःशुल्क छ, कुनै आवेदन आवश्यक छैन र ५ वर्षसम्म मान्य हुनेछ (नवीकरण गर्न सकिने व्यवस्था सहित)।यसले माईनम्बर कार्ड नभए पनि पहिलेकै दरमा बीमा सुविधासहित उपचार पाउन सकिनेछ।

मेरो माईनम्बर कार्ड छ, के यसलाई स्वास्थ्य बीमाको रूपमा प्रयोग गर्न सक्छु?

यदि तपाईंले आफ्नो माईनम्बर कार्डमा स्वास्थ्य बीमा जानकारी लिङ्क (register) गर्नुभएको छ भने मात्र प्रयोग गर्न सक्नुहुन्छ।लिङ्क गर्ने स्थानहरूःअस्पताल वा क्लिनिकका कार्ड रिडर, Mynaportal वेबसाइट वा एप (अंग्रेजीमा उपलब्ध),Seven Bank ATMरजिस्टर गरेपछि My Number कार्ड स्वास्थ्य बीमा कार्डको रूपमा काम गर्नेछ।

माइनम्बर कार्ड र इन्श्योरेन्स कार्ड किन एकीकृत गरिँदैछ?
प्रशासकीय प्रक्रिया सजिलो बनाउन,कागजी झन्झट हटाउन,डाक्टर तथा फार्मेसीलाई (तपाईंको अनुमति अनुसार) पुराना औषधि र उपचार इतिहास हेर्न मिल्ने व्यवस्था कायम गराउन, उपचारको गुणस्तर र सुरक्षा बढाउन तथा महँगो उपचारमा पहिले पैसा तिरेर पछि फिर्ता पाउनुपर्ने प्रक्रिया हटाउन यो प्रणालीको परिकल्पना गरिएको हो । हाल ७९.९% जनसंख्याले माईनम्बर कार्ड बनाइसकेका छन्, र तीमध्ये ८७.४% ले स्वास्थ्य बीमा लिंक गरिसकेका छन्।

बालबालिकाको माईनम्बर कार्ड पनि स्वास्थ्य बीमासँग जोड्नुपर्छ?
हो पर्छ, १५ वर्षभन्दा कम उमेर भएमा – अस्पताल/क्लिनिकका कार्ड रिडरबाट अभिभावकले लिंक गर्न सकिन्छ।१५ वर्षभन्दा बढी भएमा — बच्चाले आफ्नो मोबाइलमा एप इन्स्टल गरी लिंक गर्न सक्छ, अथवा अभिभावकको फोनबाट स्क्यान गरी लिंक गर्न सकिन्छ।

जापान भ्रमणमा आएका विदेशी पर्यटकले के गर्नु पर्छ?

विदेशी पर्यटकको हकमा, कुनै कदम आवश्यक छैन।
तिनीहरूले आफ्नो स्वदेशको ट्राभल इन्श्योरेन्स वा बीमा कम्पनीको निर्देशनअनुसार प्रक्रिया पूरा गरे पुग्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार