प्रतीकात्मक तस्वीरःएआई

टोकियो/जापान । जापानको राजधानी टोकियोमा इन्फ्लुएन्जा संक्रमण तीव्र रूपमा विस्तार भइरहेको छ। लगातार ३ सातासम्म संक्रमण स्तर चेतावनी मापदण्डभन्दा माथि पुगेको आधिकारिक तथ्यांकले पुष्टि गरेको छ।

नोभेम्बर १७ देखि २३ सम्मको यो एक हप्ताको अवधिमा टोकियोभरका निर्धारित स्वास्थ्य संस्थाबाट रिपोर्ट गरिएको इन्फ्लुएन्जा संक्रमित संख्या २१ हजार ६०८ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा करिब १.१६ गुणा बढी हो। प्रतिइन्टिट्युसन संक्रमित औसत संख्या ५१.६९ पुगेको छ, र यो दर गत वर्षको संक्रमण उच्चतम स्तर नजिक पुगेको छ।

संक्रमण बढेसँगै विद्यालयहरूमा असर परेको छ। अहिलेसम्म प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहका २,२०९ कक्षा तथा विद्यालयहरू कक्षाबन्द वा अस्थायी रूपमा बन्द भएका छन्।

स्वास्थ्य अधिकारीहरूले संक्रमण रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी नियमित हात धुने, कोठाभित्र उचित आर्द्रता कायम गर्ने, र पर्याप्त भेन्टिलेशन (हावा सर्कुलेसन) राख्ने सुझाव दिइएको छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि संक्रमणको दर अझै बढ्न सक्ने सम्भावना भएकाले सार्वजनिक स्थान, विद्यालय र भीडभाड हुने स्थानहरूमा सतर्कता अनिवार्य भएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार