टोकियो/जापान। विश्वका अति व्यस्त विमानस्थलमध्ये एक हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यात्रुहरूले निकै असुविधा खेप्नुपर्‍यो । टर्मिनल २ मा रहेका करिब ७० प्रतिशत शौचालय अवरुद्ध भएपछि उडान पर्खिरहेका यात्रुहरूको समस्या बढेको थियो।

विमानस्थल सञ्चालक कम्पनीका प्रवक्ताका अनुसार बिहीबार रातिदेखि शौचालयमा समस्या देखिन थालेको थियो। शुक्रबार दिउँसोसम्म पनि १ सय ४४ शौचालय क्षेत्रमध्ये ५१ क्षेत्र प्रभावित रहेको पुष्टि गरिएको थियो।

समस्याको मुख्य कारण विद्युत् अवरोधका कारण पानी पम्प नचल्नु रहेको विमानस्थल सेवा प्रदानकर्ता, जापान एयरपोर्ट टर्मिनलका प्रवक्ताले जानकारी दिए। उनका अनुसार, समस्या करिब बिहान ५ बजे थाह भएको थियो र पूर्णरूपमा समाधान हुन ११ घण्टा लाग्यो।

प्रवक्ताले भने,“हात धुने बासिनमा पानी उपलब्ध थियो तर धेरै शौचालयमा पानी आउन छाडेको थियो। प्रभावित क्षेत्रका यात्रुलाई कार्यरत कर्मचारीहरूले अन्य चलिरहेको शौचालयतर्फ निर्देशित गरे। केही अवस्थामा स्टाफहरूले बाल्टिमा पानी भरि शौचालय फ्लश गर्नुपरेको थियो।”

समस्या समाधान भएपछि विमानस्थलले यात्रुहरूलाई असुविधा भएकोमा क्षमा माग्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक परीक्षण कडा गर्ने जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार